back
CTIZAN AD

चार दलबीच सहमति, भोलि समाजवादी मोर्चाको घोषणा हुने

वि.सं.२०८० असार ३ आइतवार

996 

shares

काठमाडौं । माओवादी केन्द्रसहित चार दलबीच सोमबार समाजवादी मोर्चा घोषणा गर्न सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी केन्द्र एकीकृत समाजवादी, जनता समाजवादी र नेपाल कम्युनिष्ट पार्टीको बैठकले भोलि नै घोषणा गरेर अगाडि बढ्ने सहमति गरेको हो ।

बैठकमा सहभागि जसपाका नेता राजेन्द्र श्रेष्ठले बताएअनुसार भोलि राष्ट्रिय सभागृहमा घोषणा सभा कार्यक्रम राखिनेछ ।

नेताहरुबीच मोर्चाको नेतृत्व आलोपालो गर्ने सहमति पनि भएको छ । तत्काललाई केन्द्रीय मोर्चा घोषणा गर्ने र आवश्यकताका आधारमा तल्लो तहसम्म संरचना बनाउने सहमति जुटेको श्रेष्ठले जानकारी दिए ।

मोर्चामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीलाई पनि सहभागि गराउने गरी सहमति भएको बताइएको छ ।

तत्काल पार्टी एकता गर्ने अवस्था नरहेपछि दलहरु मोर्चा घोषणाको अवस्थामा पुगेका हुन् । मोर्चा निर्माणसँगै संसदमा मोर्चाको पक्षमा ५४ सिट पुग्नेछ ।

वि.सं.२०८० असार ३ आइतवार १२:४९ मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...