back
CTIZAN AD

‘स्मार्ट’ बत्तीले झलमलउदो पोखरा

वि.सं.२०८० असार ३ आइतवार

693 

shares

गण्डकी । पोखराको मुख्य सहरी क्षेत्र ‘हाइमास्र्ट’ र ‘स्मार्ट’ सडकबत्तीले झलमल बनेको छ । ‘उज्यालो पोखरा’ अभियानअन्तर्गत् २० मुख्य चोकमा ‘हाइमास्र्ट’ र करिब ५० किमी सडकमा एक हजार छ सय २४ वटा ‘स्मार्ट बत्ती’ जडान गरिएको छ । नेपाल विद्युत् प्राधिकरण र पोखरा महानगरपालिकाको साझेदारीमा बत्ती जडानको काम भइरहेको हो । पृथ्वीचोक, विरौटाचोक, शहीदचोक, बागलुङ बसपार्क, हेम्जा, फेवा किनारलगायत २० ठाउँमा ‘हाइमास्र्ट’ बत्ती जडान भइसकेको छ ।

चालु आवको कार्यक्रमअन्तर्गत् मुस्ताङ चोक, बाटुलेचौर मैदान र बेगनासतालमा ‘हाइमास्र्ट’ बत्ती जडानको काम भइरहेको प्राधिकरणको राष्ट्रिय सडकबत्ती प्रवद्र्धन आयोजनाका प्रमुख प्रमोद रिजालले जानकारी दिए । “हाइमास्र्ट र स्मार्ट बत्ती जडानको काम सँगसँगै भइरहेको छ, सम्झौता अनुसारको काम पूरा हुने चरणमा छ”, उनले भने , “उज्यालो पोखरा अभियानले अर्को वर्ष पनि निरन्तरता पाउँनेछ, महानगरले पनि कार्यक्रम माग गरेको छ ।”

चालीस मिटर परसम्म चारैतिर उज्यालो दिने ‘हाइमास्र्ट’ बत्तीले पोखराका मुख्य चोक झलमल बनेको आयोजना प्रमुख रिजालले बताए । “हाइमास्र्ट अन्तर्राष्ट्रिय गुणस्तरको टिकाउ बत्ती हो, आवश्यकताअनुसार यसको प्रकाश घटाउन र बढाउन सकिन्छ”, उनले भने , “मोबाइलको सर्भर प्रणालीबाट बत्तीलाई नियन्त्रण गर्न सकिन्छ ।”

सोह्र मिटर अग्लो पोलमा ‘हाइमास्र्ट’ बत्ती राखिन्छ । मानिस र सवारीसाधनको आउजाउ बढी हुने समयमा बत्तीलाई पूर्ण क्षमतामा बालिन्छ । रात छिप्पिँदै जाँदा भने बत्तीको प्रकाशलाई केही घटाउने गरिएको छ । बाहिर उज्यालो हुँदा बत्ती स्वचालित रुपमा निभ्ने र रात परेपछि बल्ने गर्छ ।‘स्मार्ट’ बत्ती नियन्त्रणका लागि ठाउँठाउँमा ‘कन्ट्रोल प्यानल’ राखिएको छ । ‘सफ्टवेयर’ प्रणालीबाट बत्ती बले÷नबलेको जाँच गर्न सकिन्छ । बत्ती बिग्रिएमा उक्त प्रणालीमा सङ्केत आउँछ ।

विरौटादेखि– छोरेपाटन, न्यूरोडलगायत क्षेत्रमा ‘स्मार्ट’ सडकबत्ती जडान गरिएको महानगरका इञ्जिनियर धु्रव भट्टराईले बताए । उनका अनुसार ९० वाटका एक हजार एक सय २४ र एक सय २० वाटका पाँच सय २० ‘स्मार्ट’ बत्ती जडान गरिएको हो । चार सय ४० वटा नयाँ र बाँकी पुरानै बिजुलीका पोलमा ‘स्मार्ट’ बत्ती राखिएको छ ।

सडकबत्तीका लागि प्राधिकरणले छुट्टै ट्रान्सफर्मर जडान गरेको छ । कूल रु १२ करोड ७५ लाखको उक्त आयोजनामा प्राधिकरण र महानगरको ५०÷५० प्रतिशत लागत साझेदारी रहेको छ । अर्को वर्ष ‘जिरो’ किमिदेखि फेँदीसम्म ‘स्मार्ट’ सडकबत्ती जडान गर्ने योजना रहेको इञ्जिनियर भट्टराईले बताए ।

“आवश्यकता हेरेर सहरका मुख्य चोक र सडकमा स्मार्ट बत्ती जडान गर्दै जाने महानगरको योजना छ”, उनले भने, “स्मार्ट बत्तीले एकातिर सहरी सौन्दर्य बढ्छ, अर्कातिर सहर सुरक्षित हुन्छ, यसबाट राति हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा पनि सघाउ पुग्छ ।”पोखरा महानगरका प्रवक्ता मोतीलाल तिम्सिनाले ‘उज्यालो पोखरा’ महानगरको प्राथमिकताप्राप्त कार्यक्रम रहेको बताए । ‘स्मार्ट’ बत्तीको झिलिमिलीले पर्यटकीय राजधानी पोखराको आकर्षण अझ बढ्ने उनको भनाइ थियो ।

“स्मार्ट बत्तीले सहरको रात्रिकालीन सौन्दर्य बढ्नाका साथै आपराधिक क्रियाकलाप र सवारी दुर्घटना न्यूनीकरणमा पनि टेवा पुग्छ”, प्रवक्ता तिम्सिनाले भने ।

सडक बत्तीको सञ्चालन र व्यवस्थापनको जिम्मा महानगरले लिएको छ । बत्तीको महसुल पनि उसैले तिर्छ । महानगरको ‘उज्यालो पोखरा’ अभियानसँगै सिङ्गै गण्डकी प्रदेशलाई पनि ‘उज्यालो प्रदेश’ घोषणा गर्ने तयारी भइरहेको छ ।

प्रदेश सरकारले आगामी आवभित्र प्रदेशका सबै घरधुरीमा विद्युत् सेवा पु¥याउने लक्ष्य लिएको छ । प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको तथ्याङ्क अनुसार ९९ दशमलव ५० प्रतिशत घरमा बिजुली पुगेको छ । शून्य दशमलव पाँच प्रतिशत घरधुरी मात्र बिजुलीको पहुँच बाहिर छन् ।

छुटेका घरधुरीमा बिजुली पुर्याएर ‘उज्यालो गण्डकी प्रदेश’ घोषणा गर्ने तयारीमा प्रदेश सरकार छ । प्रदेश स्थापनापछि विसं २०७४ मा गठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले दुई वर्षभित्रमा सबै घरमा बिजुली बाल्ने निर्णय गरेको थियो ।

बर्सेनि सरकारको नीति, कार्यक्रम र बजेटमा समेटिँदै आएको ‘उज्यालो गण्डकी प्रदेश’को लक्ष्य यो वर्ष पूरा हुन लागेको हो । राष्ट्रिय प्रसारण लाइन नपुगेका ठाउँमा लघुजलविद्युत् र घरेलु सौर्य ऊर्जामार्फत विद्युत् सेवा विस्तार गरिएको हो ।

मन्त्रालयको ऊर्जा शाखाका अनुसार बागलुङ, तनहुँ र नवलपुरका केही ठाउँमा मात्र विद्युत् सेवा पुग्न बाँकी छ । प्रदेशका पाँच लाख ७४ हजार सात सय ९८ घरधुरीमा विद्युत् सेवा पुगेकामा राष्ट्रिय प्रसारण लाइनको योगदान ९५ दशमलव ६८ प्रतिशत छ भने बाँकी लघुजलविद्युत् तथा सौर्य ऊर्जा आदिको छ ।

रा स स

वि.सं.२०८० असार ३ आइतवार १३:०८ मा प्रकाशित

पैदल यात्रीको मृत्यु

पैदल यात्रीको मृत्यु

जलेश्वर (महोत्तरी) । जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले...

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

असिनाको असरः ‘बुद्धचित्त’को गुणस्तर खस्कनेमा किसानको चिन्ता

काभ्रेपलाञ्चोक । रोशी गाउँपालिका–३ साँझकोटका गणेशबहादुर राउतलाई यसपालि बहमूल्य मानिएको...

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

नेपाल टेलिकमको फोरजी सेवा : ७५० स्थानीय निकायसम्म

काठमाडौँ । नेपाल टेलिकमले डोल्पा जिल्लाको छार्का ताङसोङ गाउँपालिकाको केन्द्र...

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पु

पर्यटकको रोजाइमा कोशी टप्पुधरान (सुनसरी) । आर्थिक वर्ष २०८१ ÷/८२...

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

विषाक्त खानाले एउटै परिवारका चार जना बिरामी, एकको अवस्था गम्भीर

गाईघाट (उदयपुर) । त्रियुगा नगरपालिका–१२ स्थित साधना टोलमा विषाक्त खानाले...

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

१२४ सवारी दुर्घटनामा, १२ जनाको मृत्यु

काठमाडौँ । गत वैशाख महिनामा देशभरमा मादक पदार्थ सेवन (मापसे)...