back
CTIZAN AD

आयोजक राष्ट्र माल्दिभ्सलाई पराजित गर्दै सेमिफाइनलमा पुग्यो नेपाल

वि.सं.२०८० असार ४ सोमवार

807 

shares

काठमाडौँ । माल्दिभ्समा जारी फाइभ नेसन्स पुरुष बास्केटबल च्याम्पियनसिपअन्तर्गत लिग चरणको आफ्नो अन्तिम खेलमा नेपालले आयोजक माल्दिभ्सलाई पराजित गर्दै विजयी हासिल गरेको छ ।

माल्दिभ्सको मालेमा गए राति भएको खेलमा नेपालले आयोजक माल्दिभ्सलाई ७५–६८ अङ्कले पराजित गर्दै विजयी हासिल गरेको हो । नेपालको यो तेस्रो जित हो । पहिलो खेलमा भुटानसँग पराजित नेपालले त्यसपछि लगातार पाकिस्तान र बङ्गलादेशलाई हराएको थियो ।

यस जितसँगै नेपाल शीर्ष स्थानमा रहँदै सेमिफाइनल पुगेको हो । ४ खेलमा ७ अङ्क जोड्दै नेपाल शीर्षस्थान रहयो । समान अङ्कका साथ पाकिस्तान दोस्रो स्थानमा रहयो ।

यसैगरी समान ६ अङ्कका साथ बङ्गलादेश तेस्रो र भुटान चौथो स्थानमा रह्यो । ४ अङ्क जोडेको माल्दिभ्स समूह चरणबाट बाहिरिएको छ । शीर्ष ४ टोलीले सेमिफाइनल खेल्नेछन् । प्रतियोगितामा नेपालसहित दक्षिण एसियाका पाँच राष्ट्रको सहभागिता रहेको छ ।

 

वि.सं.२०८० असार ४ सोमवार ०८:२६ मा प्रकाशित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...