back
CTIZAN AD

आज माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा हुँदै

वि.सं.२०८० असार ४ सोमवार

1.3K 

shares

काठमाडौं । नेकपा माओवादी केन्द्रसहित चार दलको आज समाजवादी मोर्चा घोषणा हुँदैछ ।

आज दिउँसो ३ बजे राष्ट्रिय सभागृहमा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाको संयुक्त समाजवादी मोर्चा घोषणा हुने भएको हो ।

आइतबार बसेको चार दलको बैठकले आज मोर्चाको घोषणा गर्दै यसको साझा मुद्दा, लक्ष्य र उद्धेश्य र प्राथमिकतासहितको प्रतिबद्धता तय गर्ने बताइएको छ ।
दलहरुले मोर्चाको नेतृत्व आलोपालो गर्ने र निर्णय प्रक्रिया सहमति र सहकार्यको माध्यमबाट हुने सहमति गरेको बताइएको छ । साथै मोर्चामा सहभागी हुने सदस्य दलका अध्यक्ष सहितको एउटा संयोजन समिति बन्ने र त्यसले आवस्यकता अनुसार उपसमितिहरु बनाएर अन्य दलहरुलाई पनि मोर्चामा सहभागी गराउने निर्णय भएको बताइएको छ ।

मोर्चाले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्दै नेपाली समाजवादको विस्तार र पहिचान गरी समाजवादको बाटो तय गर्ने नेताहरुले जनाएका छन् ।

वि.सं.२०८० असार ४ सोमवार ०८:५१ मा प्रकाशित

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

त्रिवेणी (नवलपरासी) । कावासोती नगरपालिकाले दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई...

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

जुम्ला । डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११...

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा रु पाँच अर्ब २७...

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

भोजपुर  । भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर आतङ्क नियन्त्रण गर्न बाँदरलाई...