back
CTIZAN AD

ब्लिन्केनसँगको वार्ता उपलब्धीमुलक भएको चिनियाँ राष्ट्रपति सीको भनाइ

वि.सं.२०८० असार ४ सोमवार

807 

shares

बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनसँग बेइजिङमा सोमबार भएको वार्तामा अमेरिका र चीनले थुप्रै विषयमा ‘प्रगति’ गरेको बताएका छन् ।शक्तिशाली चिनियाँ राष्ट्रपतिसीले स्थानीय समयअनुसार अपराह्न ४ः३० बजेपछि राजधानीको ग्रेट हल अफ द पिपुलमा ब्लिन्केनसँग भेटवार्ता गरेको चिनियाँ सरकारी सञ्चारमाध्यम र अमेरिकी अधिकारीले जनाएका छन् ।

“चिनियाँ पक्षले हाम्रो स्थिति स्पष्ट पारिसकेको छ र राष्ट्रपति बाइडेन र हामी (चिनियाँ राष्ट्रपति सी र अमेरिकी राष्ट्रपति बाइडेन) ले बालीमा गरेको साझा समझदारीलाई पालना गर्न दुवै पक्ष सहमत हुनुपर्छ,” सीले शीर्ष अमेरिकी कूटनीतिज्ञसँग भने । “दुई पक्षले प्रगति पनि गरेका छन् र केही खास विषयमा सहमति पनि गरेका छन्”, उनले थपे ।

“मलाई आशा छ, विदेशमन्त्री ब्लिन्केनले यो भ्रमणमार्फत चीन–अमेरिका सम्बन्धलाई स्थिर बनाउन सकारात्मक योगदान दिन सक्नुहुनेछ्,” सीले भने । ब्लिन्केनले अन्य उच्च चिनियाँ अधिकारीसँग दुई दिनसम्म १० घण्टाभन्दा बढी छलफल गरेपछि राष्ट्रपति सीसँग करिब आधा घण्टा लामो वार्ता गरेका हुन् ।

विश्वका दुई ठूला अर्थतन्त्र भएका मुलुकबीचको सम्बन्धमा गम्भीर तनाव उत्पन्न भएपछि करिब पाँच वर्षयता भएको बहालवाला उच्च अमेरिकी अधिकारीको चीन भ्रमणलाई विश्व समुदायले विशेष चासोले हेरेको छ । (रासस/एएफपी)

वि.सं.२०८० असार ४ सोमवार १७:११ मा प्रकाशित

द्वन्द्व सुरु भएयता ‘स्टे«ट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

द्वन्द्व सुरु भएयता ‘स्टे«ट अफ हर्मुज’ हुँदै ३६ वटा वस्तुवाहक जहाज आवतजावत

पेरिस । इरानसँग सम्बन्धित द्वन्द्व सुरु भएयता सोमबार ‘स्टे«ट अफ...

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

केन्यामा इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका काम तत्काल रोक्न आदेश

नैरोबी  ।  केन्याले अमेरिकी सहयोगमा निर्माणाधीन इबोला क्वारेन्टाइन सुविधासम्बन्धी तयारीका...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

जुलाईदेखि भिसा शुल्कमा पाँच गुणा वृद्धि गर्ने जापानको निर्णय

टोकियो । जापानी सरकारले जुलाईदेखि विदेशीहरूको लागि एकल–प्रवेश भिसा शुल्क...

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

पश्चिम अष्ट्रेलियामा एच–५ एन–१ को सङ्क्रमण पुष्टि

क्यानबेरा । अष्ट्रेलियाली सरकारले पश्चिमी अष्ट्रेलियामा भेटिएको एक प्रवासी चरामा...

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

फिफा विश्वकप फुटबलः अष्ट्रेलिया पराजित गदै अमेरिका नकआउट चरण प्रवेश

काठमाडौँ । फिफा विश्वकप फुटबल–२०२६मा अमेरिकाले अष्ट्रेलियालाई पराजित गर्दै नकआउट...