back
CTIZAN AD

विश्वकप क्रिकेट छनोट : नेपालले हरायो अमेरिकालाई, सुपर सिक्समा स्थान बनाउने सम्भावना बलियो

वि.सं.२०८० असार ५ मंगलवार

879 

shares

काठमाडौ । नेपालले आइसिसी एकदिवसीय विश्वकप छनोटमा अमेरिकालाई पराजित गरेको छ ।

जिम्बावेका ताकशिंगा स्पोर्ट्स क्लबमा आज भएको खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गर्दै विजयी हासिल गरेको हो । यस जितसँगै नेपालले शीर्ष तीनमा रहँदै सुपर सिक्समा स्थान बनाउने सम्भावनालाई बलियो बनाएको छ ।

अमेरिकाले जितका लागि दिएको २ सय ८ रनको मध्यम लक्ष्य दिएको थियो । जवाफमा नेपालले ४३ ओभरमा ४ विकेट गुमाउँदै पूरा ग¥यो । नेपालको जितमा भीम सार्कीले सर्वाधिक ७७ रनको योगदान दिए । उनले १ सय १४ बलमा ७ चौका र १ छक्कासहित अविजित ७७ रन बनाएका हुन ।

त्यस्तै दीपेन्द्रसिंह ऐरी ३२ बलमा ५ चौका र १ छक्कासहित ३९ रनमा अविजित रहे । त्यस्तै ओपनर कुशल भुर्तेल ५४ बलमा ४ चौका र १ छक्कासहित ३९ रनमा आउट भए । अर्का ओपनर आसिफ शेखले १२ रन बनाए ।

कप्तान रोहित पौडेल २९ बलमा २ चौकासहित १६ रनमा आउट भए । कुशल मल्ल १३ बलमा १ चौका र १ छक्कासहित १३ रनमा आउट भए ।

बलिङतर्फ अमेरिकाका सौरभ नेत्रवालकर, केन्जिगे, निसर्ग पटेल र स्टिभ टेलरले समान एकरएक विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाउँदै २ सय ७ रन बनाएको थियो । अमेरिकाका लागि शायन जाहान्गिरले सर्वाधिक एक सय रनको योगदान दिए । उनले ७९ बलमा १० चौका र ३ छक्काको सहयोगमा अविजित एक सय रनको योगदान दिएका हुन् ।

सुशान्त मोदनीले ४२ रन बनाए । उनले ७१ बलमा ३ चौका र एक छक्का प्रहार गर्दै ४२ रन बनाएका हुन् । त्यस्तै गजानन्द सिंहले २६ रन बनाए । उनले ४१ बलमा २ चौका र १ छक्काको सहयोगमा २६ रन बनाएका हुन् । जसदिप सिंहले २५ बलमा १२ रन बनाए ।

नेपालका लागि करण केसीले ४ विकेट लिए । तेस्तै गुलशन झाले ३ विकेट लिए भने दीपेन्द्रसिंह ऐरी २ विकेट तथा ललितनारायण राजवंशीले १ विकेट लिए ।

जारी प्रतियोगितामा दुई खेल खेलको नेपालको यो पहिलो जित हो । यसअघि भएको पहिलो खेलमा नेपाल जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । नेपालले अब आफ्नो तेस्रो खेल यही असार ७ गते वेस्टइन्डिजसँग खेल्नेछ ।रासस

वि.सं.२०८० असार ५ मंगलवार २१:१६ मा प्रकाशित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...