back
CTIZAN AD

बाढी पहिरोबाट बच्नका लागि तत्काल गरौं यी पाँच काम

वि.सं.२०८० असार ६ बुधवार

672 

shares

काठमाडौं । वर्षात्को मौसम सुरु भइसकेको छ । जेठको अन्तिम तथा असारको पहिलो साताबाट देशैभरी सुरु भएको वर्षाका कारण पूर्वका विभिन्न जिल्लामा मानविय तथा भौतिक क्षति भएको छ ।

गत शनिबार राति आएको वर्षा र बाढीका कारण पूर्वी पहाडी जिल्लाहरु पाँचथर, संखुवासभा लगायतका जिल्लामा १० जनाको मृत्यु र २६ जना बेपत्ता भएका छन् ।
नेपालमा भर्खर सुरु भएको मनसुनका कारण थप क्षति हुन नदिन थप सतर्कता अपनाउन अनुरोध गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाढी पहिरोबाट बच्नका लागि विभिन्न पाँच पूर्व तयारी गर्न अनुरोध गरेको छ ।

के–के हु्न त पाँच तयारी ?
१ नदीको जलसतहले सतर्कता तह पार गरेका केही म्यासेज पो आयो कि बेला–बेला चेक गर्नुहोस्, स्थानीय रेडियोका समाचार बेला–बेला सुन्नुहोस् ।

२ -सुरक्षित स्थानतिर जान भनिएको छ भने सूचनामा भनिएजस्तै सुरक्षित स्थानमा जानुहोस् ।

३- मोबाइलमा ब्याट्री र ब्यालेन्स छ छैन चेक गर्नुहोस् । यस्तोबेला अनावस्यक तथा लामो कुराकानी नगर्नुहोस् । व्याट्री बचाएर, व्यालेन्स हालेर मोबाइल आफैसँग राख्नुहोस् ।

४-मोबाइलमा अत्यावस्यक फोन नम्बरहरु सेभ गरेर राख्नुहोस् । जस्तै बाढीबारे बुझ्न ११५५ र ११३३ ।

५–अत्यावस्यक कागजातहरु नागरिकता, लालपूर्जा, जन्मदर्ता, विवाहदर्ता, राहदानी, शैक्षिक प्रमाणपत्रहरुका साथै गरगहनाहरु र नगद साथै अत्यावस्यक औषधि, टर्चलाइट, पानी, तयारी खाजा जस्ता सामानहरु एउटा झोलामा सुरक्षित राख्नुहोस् र सुरक्षित स्थानमा जादा लैजानुहोस् ।

 

 

 

वि.सं.२०८० असार ६ बुधवार ०९:४६ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...