back
CTIZAN AD

यसकारण लगायो सेन्सर बोर्डले चलचित्र ‘परस्त्री’ प्रदर्शनमा रोक

वि.सं.२०८० असार ६ बुधवार

1.1K 

shares

काठमाडौँ । नेपाली र हिन्दी भाषामा प्रदर्शनमा आउन लागेको ‘परस्त्री’ नेपाली चलचित्रलाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले प्रदर्शनमा अनुमनि दिन अस्विाकार गरेको छ ।

चलचित्रमा समावेश भएका बेड सिन, चुम्बन सिन र हिँसात्मक दृश्य भएकै कारणले गर्दा सेन्सर बार्डले परस्त्रीलाई प्रदर्शनमा रोक लगाएको जनाइएको छ ।

सेन्सर बोर्डकी सदस्या सरला पुन मगरले किस सिन, बेड सिन र हिँसात्मक दृश्य हटाई साथै केहि दृश्यलाई ब्लर गरे मात्र प्रदर्शनमा अनुमति दिने बताएकी छिन् । तर, चलचित्र लेखक खनालभन्छन्–बोर्डले भनेको जसरी दृश्यहरू हटाउँदा कथा नै मर्न सक्छ । कथाले मागेको दृश्य समावेश गरिएको छ । यसबारे बार्डसँग छलफल भईरहेको छ ।’

त्यसैगरी निमात्री शर्मिला पाण्डेले भने बोर्डको निर्देशनप्रति आपत्ति जनाएकी छन् । यसरी सेन्सर बोर्ड र निमार्ण टिम आ–आफ्नो अडनमा बस्दा चलचित्रनै अन्योलमा पर्ने देखिन्छ ।

मुख्य भूमिकामा शिल्पा मास्के र गौरवको मुदको अभिनय रहेको छ भने कोशिस क्षेत्री, अलिसा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

विवाहेत्तर सम्बन्धको कथावस्तुमा निर्माण भएको यो फिल्ममा प्रशस्त बोल्ड दृश्य समावेश गरिएको छ ।

वि.सं.२०८० असार ६ बुधवार १४:४७ मा प्रकाशित

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

मदनकृष्ण श्रेष्ठको जीवनीमा फिल्म बनाउँदै निर्देशक चाम्स

काठमाडौँ । कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ बन्ने...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

असामान्य जोडीको कथामा तयार गरिएको ‘गौँथली’

काठमाडौँ । असामान्य जोडीको कथामा आधारित रहेर चलचित्र ‘गौँथली’ तयार...