back
CTIZAN AD

निर्माण व्यवसायी तुरुन्तै सम्पर्कमा नआए चरणबद्ध आन्दोलनको तयारीमा स्थानीय

वि.सं.२०८० असार ७ बिहीवार

717 

shares

गलकोट । सम्झौता मिति सकिँदासम्म सडक कालोपत्र नगरेर अलपत्र छोड्ने निर्माण व्यवसायीको ठेक्का रद्द गर्न स्थानीयवासीले माग गरेका छन् । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका– ७ रेश जाने एक्लेखेतदेखि काफलबोट जाने सडक निर्माणको जिम्मा पाएको निर्माण केम्पनी पटक–पटक सडक अलपत्र छोडेर सम्पर्कविहीन भएको छ ।

स्थानीयवासीले ठेक्का रद्दको मागसहित काठेखोला – ७ वडा अध्यक्ष प्रेम लामिछाने, वडा सदस्य तथा स्थानीयवासीले काठेखोला गाउँपालिकामा ज्ञापन पत्रसमेत बुझाइसकेका छन् । रेश जाने चार किलोमिटर सडक कालोपत्रको जिम्मा पाएको निर्माण व्यवसायीले सडक अलपत्र छोडेपछि स्थानीय तथा जनप्रतिनिधिले नै गाउँपालिका समक्ष ठेक्का रद्दको माग गरेका हुन् । विसं २०७७ मा ठेक्का सम्झौता गरेको निर्माण व्यवसायीले म्याद थप्दासमेत कालोपत्रका लागि कुनैपनि काम गर्न नसकेको स्थानीय गोविन्दबहादुर कार्कीले बताए ।

उनले निर्माण व्यवसायी तुरुन्तै सम्पर्कमा नआए चरणबद्ध आन्दोलनको तयारी गर्ने बताए । “गाउँपालिकालाई ठेक्का रद्द गर्न माग गरेका छौँ, गाउँपालिकाले सुनुवाइ गरेको छैन, यस्तो बेतिथि गर्ने ठेकेदारको सम्झौता रद्द गरेर नयाँ सम्झौता गर्न आवश्यक छ” उनले भने“म्याद सकिएर पुनःथप भएको म्याद सकिँदासम्म सडक कालोपत्र नगर्ने ठेकेदारलाई गाउँपालिकाले कारबाही नगरे स्थानीयवासीले आन्दोलन गर्न बाध्य हुनेछौँ ।” यसअघि निर्माण व्यवसायी हराएको सूचना टाँस गरेर रेशका स्थानीयवासीले आन्दोलन गरेका थिए ।
निर्माण कम्पनीले म्याद थप गर्नुअघि काममा फर्केपनि एक सय मिटर सडक ढलान गरेर सम्पर्कविहीन भएको काठेखोला गाउँपालिका–७ रेशका वडाध्यक्ष प्रेम लामिछानेले बताए । “गाउँपालिकाले निर्माण व्यवसायीलाई म्याद थप्दासमेत काम भएको छैन, थपिएको म्यादसमेत असार मसान्त मात्रै हो, निर्माण व्यवसायीको चरम लापरर्बाहीका कारण रेशका जनताले सास्ती खेप्नु परेको छ” वडाध्यक्ष प्रेम लामिछानेले भने,“म सहित स्थानीयवासीले गाउँपालिकामा ठेक्का रद्दको माग गरेका छौँ, गाउँपालिकाले सुनुवाइ गरेको छैन, काठेखोला गाउँपालिकाको मुख्य योजनाको रुपमा रहेको उक्त सडक कालोपत्र भएमा गाउँपालिकाको केन्द्रदेखि वडा कार्यालय पुग्ने पहिलो कालापत्र सडक हुनेछ ।” उक्त सडकमा निर्माण व्यवसायीले काम नगर्दा यात्रुलाई सास्ती भएको मात्रै छैन ढलान गर्न ढुङ्गामा विच्छइएको रडले दुर्घटनाको जोखिम समेत निम्ताएको छ ।

सङ्घीय सरकार र स्थानीय काठेखोला गाउँपालिकाको साझेदारीमा चार किलोमिटर सडक कालोपत्र गर्न रु नौ करोड लागत अनुमान गरिएको सडकको कालोपत्रको ठेक्का रु ६ करोड ७१ लाखमा सम्झौता भएको थियो । दुई वर्षमा सडक कालोपत्र सक्ने गरी एक्लेखेतदेखि काफलबोटसम्मको सडक कालोपत्रको जिम्मा पाएको जोशी÷निशान÷आचार्य जेभीको २०७९ साल जेठ २६ गते म्याद सकिएपछि पुनः २०८० साल असार मसान्तसम्म म्याद थप गरेको थियो ।

ठेक्का सम्झौता पश्चात् सडक चौडा पार्ने, नाली बनाउने कार्य गरी सडकको जम्मा ४५ प्रतिशत मात्रै काम मात्रै सकेर निर्माण व्यवसायी पटक–पटक सम्पर्क बिहिन भएको हो । निर्माण व्यवसायीलाई निरन्तर ताकेता गरिरहेको भन्दै गाउँपालिका अध्यक्ष राजु थापाले असार मसान्तसम्म सम्झौता रहेको र सम्झौता अगावै ठेक्का रद्द गर्न नसक्ने बताए ।

उनले निर्माण व्यवसायीले तत्कालै काम गर्छु भनेको बताउदै म्याद सकिदासम्म काम नभए ठेक्का रद्दको प्रक्रियामा जाने बताए । सडक चौडा पार्ने र कालोपत्रका लागि पूर्वाधार निर्माणतर्फ ६० प्रतिशत काम सकिएको निर्माण व्यवसायीको दाबी छ । काम नगर्ने निर्माण व्यवसायीलाई गाउँपालिकाले म्याद थपेको भन्दै गाउँपालिका निर्माण कम्पनीको पक्षमा उभिएको स्थानीयवासीको आरोप छ ।

 

वि.सं.२०८० असार ७ बिहीवार १४:४६ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...