back
CTIZAN AD

गोरखा जिप दुर्घटना : मृत्यु हुने पाँचैजनाको पहिचान खुल्यो

वि.सं.२०८० असार ८ शुक्रवार

708 

shares

काठमाडौं । गोरखामा जन्ती बोकेको जिप दुर्घटनामा परेर मृत्यु हुने पाँचै जनाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय गोरखाका डीएपी लालराज लामिछानेका अनुसार शुक्रबार बिहान जन्ती बोकेको प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जिप सहिद लखन गाउँपालिका–३ सिलिङमा भएको दुर्घटना परी मृत्यु हुनेमा सहिद लखन गाउँपालिका–५ पोखरीडाँडाका ६५ वर्षीय धनबहादुर थापा, २४ वर्षीय वीरबहादुर थापा, २२ वर्षीय प्रविन थापा, १८ वर्षीय निरज थापा र १७ वर्षीया नविना थापा रहेका छन् ।

उक्त जिप दुर्घटनामा घाईते भएका १२ जनाको उपचार भइरहेको छ । प्रहरीका अनुसार घाईते हुनेहरु पनि पोखरीडाँडाकै हुन् । दुर्घटनामा स्थानीय लालु थापा, सुरज राना, नरबहादुर थापा, दोषबहादुर थापा, होमबहादुर राना, सन्दीपा राना, सुरज थापा, चन्द्र थापा, कुलबहादुर राना, लक्ष्मी थापा, मनिका राना र प्रतीक राना घाइते भएका छन् । उनीहरुमध्ये तीनजनाको भरतपुर अस्पताल र ९ जनाको आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको डीएपी लामिछानेले जानकारी दिएका छन् ।

गोरखामा बेहुली लिएर फर्किएको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

 

 

वि.सं.२०८० असार ८ शुक्रवार ०९:१९ मा प्रकाशित

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

सुस्तामा भारतीय हस्तक्षेपप्रति हर्कको कडा आपत्तिः रक्षामन्त्रीलाई संसदमा उभ्याउन रुलिङको माग

काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता...

युनलाई थप ३० वर्ष जेल सजाय

युनलाई थप ३० वर्ष जेल सजाय

सियोल । उत्तर कोरियासँग तनाव चर्काउने उद्देश्यले सन् २०२४ मा...

इरान-अमेरिका सम्झौता अन्योलमा

इरान-अमेरिका सम्झौता अन्योलमा

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निकट दिनमा इरानसँग सम्झौता...

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

पाल्पाका किसान उन्नत जातका धान उत्पादनमा आकर्षित

तानसेन (पाल्पा) । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको...

लागुऔषधसहित ३३ जना पक्राउ

लागुऔषधसहित ३३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले मुलुकका विभिन्न भागबाट...

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन (चितवन) । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित...