back
CTIZAN AD

विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटिएका ३१६ सुरक्षाकर्मी फिर्ता

वि.सं.२०८० असार १० आइतवार

666 

shares

काठमाडौं । गृह मन्त्रालयले बहालवाला तथा पूर्वविशिष्ट पदाधिकारीको सुरक्षामा खटिएका ३१६ जना सुरक्षाकर्मी फिर्ता गरेको छ। आइतबार प्रतिनिधिसभाको बैठकमा मन्त्रालयगत बजेटमाथिको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिने क्रममा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ३१६ जना सुरक्षाकर्मी फिर्ता गरिएको जानकारी दिएका हुन् ।

विशिष्ट व्यक्तिहरुको व्यवस्थापन कार्यविधि २०७७ विपरित बहालवाला तथा पूर्वविशिष्ट पदाधिकारीको सुरक्षामा खटिएका नेपाल प्रहरीका १९० जना र सशस्त्र प्रहरी बल नेपालका १२६ जना गरी ३१६ सुरक्षाकर्मी फिर्ता गरिएको उनले जानकारी दिए ।

गृहमन्त्री श्रेष्ठले सुरक्षाकर्मी फिर्ता गराउनमा पूर्वगृहमन्त्रीले पनि सकारात्मक भूमिका खेलिदिएको भन्दै प्रशंसा गरे । यसअघि गृहमन्त्रालयको जिम्मेवारी सम्हालेका रास्वपा सभापति रवि लामिछानेले विशिष्ट व्यक्तिहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता बोलाउने निर्णय गरेका थिए। तत्कालिन गृहमन्त्रीले गरेको उक्त निर्णयका आधारमा अध्ययन गरी गृहमन्त्रालयले प्रतिवेदन तयार गरेको थियो ।

सोही निर्णय र अध्ययनका आधारमा नै गृहमन्त्रालयले विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०८० को मस्यौदासमेत तयार गरेको गृहमन्त्री श्रेष्ठले जानकारी गराएका छन् ।

साथै, अति विशिष्ट व्यक्तिहरूको भ्रमणको समयमा नागरिकले सास्ती भोग्नुपरेको विषयलाई सम्बोधन गर्न गृहमन्त्रालयले कार्यदलमाथि कार्यविधि पनि तयार गरेको जानकारी गृहमन्त्रीले गराएका छन् । संसद बैठकलाई सम्बोधन गर्दै उनले भनेका छन्, “विशिष्ट व्यक्तिको भ्रमणको समयमा नागरिकले सास्ती भोग्नुपरेको विषयमा सम्बोधन गर्न मन्त्रालयमा गठित कार्यदलले सुझावसहितको प्रतिवेदन पेस गरेको छ । सो प्रतिवेदनको कार्यान्यन प्रक्रिया सुरु भइ विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०८० को मस्यौदा तयार भएको छ ।”

वि.सं.२०८० असार १० आइतवार १३:३७ मा प्रकाशित

१५ औँ महाधिवेशन रोक्न माग गर्दै संस्थापनइतर समूह अदालत जाने तयारी

१५ औँ महाधिवेशन रोक्न माग गर्दै संस्थापनइतर समूह अदालत जाने तयारी

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नेपाल फर्किएसँगै...

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

काठमाडौँ । नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको...

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

हेटौँडा (मकवानपुर) । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता...

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।...

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...