back
CTIZAN AD

गुल्मीको इस्मा गाउँपालिकामा निःशुल्क ‘स्यानिटरी प्याड’

वि.सं.२०८० असार १० आइतवार

957 

shares

रेसुङ्गा । गुल्मीको इस्मा गाउँपालिकाले सबै महिलाका लागि स्यानिटरी प्याड निःशुल्क वितरण गर्ने भएको छ । आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रममा नै समेटेर महिनावारी हुने उमेरका सबै महिलाका लागि निःशुल्क स्यानिटरी प्याडको व्यवस्था गर्न लागिएको गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले बताईन् ।

उनका अनुसार गाउँपालिकाभित्रका सबै महिलाका लागि निःशुल्क स्यानिटरी प्याड उपलब्ध गराउनका लागि पालिकाले आजको गाउँसभा बैठकबाट वार्षिक नीति तथा कार्यक्रममा समेट्ने गरी रू २० लाख बजेट विनियोजन गर्दैछ ।

पालिकाभित्रका महिनावारी हुने उमेरका सबै महिलालाई निःशुल्क प्याडको व्यवस्था गर्न लागिएको उपाध्यक्ष कुँवरले जानकारी दिईन् । रकम अभावका कारण प्याड किन्न नसकेर वा प्याडको बदला अन्य कपडा प्रयोग गर्दा विभिन्न सङ्क्रमण हुने भएकाले निःशुल्क प्याडको व्यवस्था गरिएको उनले बताईन् । “सबै महिलाका लागि निःशुल्क प्याड व्यवस्था गरेका छौँ”, उपाध्यक्ष कुँवरले भनिन्“स्वास्थ्य संस्थामा कण्डम निःशुल्क हुनु तर महिलाका लागि अनिवार्य चाहिने प्याड निःशुल्क नहुँदा विभिन्न सङ्क्रमण हुने भएकाले निःशुल्क प्याडको व्यवस्था छौँ ।”

आर्थिक वर्ष २०८०र८१ को सुरुवातदेखि नै पालिकाभित्रका सबै महिलाले निःशुल्क स्यानिटरी प्याड पाउने गाउँपालिका अध्यक्ष भगत सिंह खड्काले बताए । महिनावारीको समयमा प्याडको प्रयोग नगर्दा विभिन्न रोग लाग्ने समस्या रहेकाले निःशुल्क व्यवस्था गर्ने निर्णय गरिएको उनको भनाइ थियो ।

“वार्षिक नीति तथा कार्यक्रममा आयो, बजेटमा पनि व्यवस्था गरिसक्यौंँ”, अध्यक्ष खड्काले भने , “कार्यान्वयनको लागि प्रतिबद्ध छौँ ।” इस्मा गाउँपालिकाको यस निर्णयले महिनावारी हुने उमेरका सबै महिलालाई राहत मिल्ने उनको भनाइ थियो ।

वि.सं.२०८० असार १० आइतवार १३:५१ मा प्रकाशित

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङ ।  खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको...

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

पाल्पा ।  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का बासिन्दालाई हरेक...

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दाङ । दाङको आकासमा ठूला जहाज उडेको हेर्ने दङ्गालीका सपना...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...