back
CTIZAN AD

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

वि.सं.२०८० असार १० आइतवार

741 

shares

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

राष्ट्रियसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए ।

अनुचित लेनदेनको कार्यलाई फौजदारी कसूर कायम गरी सजायको व्यवस्था गर्न र घरायसी लेनदेनसम्बन्धी व्यवहारलाई व्यवस्थित र पारदर्शी बनाउने व्यवस्था गर्न गत वैशाख २० गते मुलुकीसंहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी भएको थियो ।

दुवै सदनबाट स्वीकृत भइसकेको उक्त अध्यादेशले गरेको व्यवस्थालाई निरन्तरता दिन आवश्यक भएकाले अध्यादेशलाई प्रतिस्थापन गर्नेगरी यो विधेयक तयार पारिएको कानुनमन्त्री गुरुङले बताए ।

मुलुकी देवानीसंहिता, २०७४, मुलुकी कार्यविधिसंहिता, २०७४, मुलुकी अपराध संहिता २०७४ र मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ लाई जारी संशोधन गर्न जारी भएको उक्त अध्यादेश प्रतिनिधिसभाबाट गत वैशाख २७ गते र राष्ट्रिय सभाबाट जेठ ५ गते स्वीकृत भएको थियो ।

वि.सं.२०८० असार १० आइतवार १५:५५ मा प्रकाशित

आज यी पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

विमानस्थलबाट गाँजासहित आठ विदेशी नागरिक पक्राउ

विमानस्थलबाट गाँजासहित आठ विदेशी नागरिक पक्राउ

काठमाडौँ ।  नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करिब ४० किलोग्राम...

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...