काठमाडौं । नेपाल राष्ट्रिय अभिभावक सङ्घ नवलपुर (ब.सु पूर्व) को अध्यक्षमा युवराज वाग्ले निर्वाचित भएका छन् ।
संघको शनिवार कावासोतिमा सम्पन्न दोस्रो अधिवेशनले वाग्लेको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
कार्यसमितिको उपाध्यक्षद्धयमा राम प्रसाद रिजाल, लक्ष्मी विक, सचिवमा दुर्गा भुसाल, सहसचिवमा सिता जिसी, कोषाध्यक्षमा नारायण प्रसाद सापकोटा, सह–कोषाध्यक्षमा चन्द्रकला भण्डारी र सदस्यहरुमा हुमकला गौतम, रबिन्द्र साठिघरे, कलादेवि दाहाल, तारादेबि सापकोटा, टिकाराम देवकोटा, गुन वहादुर श्रेष्ठ, हेमनाथ तिवारी र रुक्मागत घिमिरे निर्वाचित भएका छन् ।

वि.सं.२०८० असार १० आइतवार २१:०० मा प्रकाशित






























