back
CTIZAN AD

एसपीए कलेजद्वारा प्रदेश विशेष छात्रवृत्ति कार्यक्रम घोषणा, सुदूरपश्चिम र कर्णालीका विद्यार्थीलाई शतप्रतिशत छात्रवृत्ति दिइने

वि.सं.२०८० असार १२ मंगलवार

1.1K 

shares

धनगढी । धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए कलेज)ले प्रदेश विशेष छात्रवृत्ति कार्यक्रम घोषणा गरेको छ ।

गुणस्तरीय शिक्षाबाट कोही नागरिक पनि वञ्चित नहुन भन्ने उद्देश्यले एसपीएले सुदूरपश्चिम र कर्णाली प्रदेशका प्रत्येक जिल्लामा लागु हुने गरि उक्त विशेष छात्रवृत्ति कार्यक्रम घोषणा गरेको हो ।

छात्रवृत्ति योजना अनुसार सुदूर र कर्णाली प्रदेशका प्रत्येक जिल्लाका दुई दुई जना विद्यार्थीहरुलाई शतप्रतिशत छात्रवृत्तिमा उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गरिने क्याम्पस प्रमुख योगराज उपाध्यायले बताए ।

यो छात्रवृत्ति योजना सुदूरपश्चिमका ९ र कर्णाली प्रदेशका १० जिल्लामा लागु हुनेछ । छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीले कुनै पनि शुल्क तिर्नुपर्ने छैन ।

छात्रवृत्ति छनोट समितिका संयोजक देवराज भट्टका अनुसार एसपीएले उपलब्ध गराएको लिंक वा कलेजमै आई छात्रवृत्ति फाराम भर्न सकिन्छ ।

कलेजका अनुसार कक्षा १० (sendup/SEE) मा जिल्लाभरी सर्वोत्कृष्ट, एथलेटिक्स, क्रिकेट, फुटबल, उसु, तेक्वान्दो, भलिबललगायत खेलमा कम्तीमा प्रदेशस्तरीय प्रतिस्पर्धी, सामाजिक जीवनमा महत्वपूर्ण योगदान दिएका तर आर्थिक रुपमा विपन्न जेहेन्दार, विद्यालय तहमा साइन्स एक्स्पो, Innovation, अन्वेषण जस्ता गणित, विज्ञान प्रविधिमा भाग लिएको वा खोज गरेको, गीत, संगीत, कलाका क्षेत्रमा अग्रसर तथा पठनपाठनमा अब्बल, नेतृत्वकला, वक्तृत्वकला, उद्यमशीलतामा उत्कृष्टता भएका जुनसुकै विद्यार्थीले पनि छात्रवृत्तिका लागि अप्लाई गर्न सक्नेछन् ।

आवेदन दिनका लागि जुनसुँकै ठाउँबाट पनि  https://forms.gle/eG7ptwW8DATLF9cz9  मा गएर आवश्यक विवरणहरु भरि आवेदन दिन सकिन्छ । अथवा एसपीए कलेजमा आई फाराम भरेर पनि आवेदन दिन सकिने क्याम्पस प्रमुख उपाध्यायले बताए ।

यही असार ३० गते बेलुका ५ बजेसम्म छात्रवृत्तिका लागि फाराम भर्न सकिने र साउन ३ गते बिहान ८ बजेदेखि अन्तर्वार्ता हुने क्याम्पसले जनाएको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरु पाइसकेको एसपीए कलेजमा कक्षा ११ मा साइन्स, म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, मानविकि, शिक्षा, कानुन र आमसञ्चार तथा पत्रकारिता अध्ययन गर्न चाहने विद्यार्थीहरुले उक्त छात्रवृत्ति फाराम भर्न सक्नेछन् ।

यो छात्रवृत्ति कलेजमा प्रदान गरिने नियमित छात्रवृत्ति भन्दा छुट्टै हुनेछ । गरिब, जेहेन्दार, पिछडिएको क्षेत्रलगायत नेपाल सरकारले तोकेका क्षेत्रमा एसपीएले त्यसबाहेक नियमित छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ ।

वि.सं.२०८० असार १२ मंगलवार १४:३३ मा प्रकाशित

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

नेपाली वैज्ञानिक अमेरिकामा पुरस्कृत

काठमाडौँ । नेपाली वैज्ञानिक डा शिवप्रसाद अधिकारीलाई अमेरिकामा पुरस्कृत गरिएको...

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

हेटौँडा (मकवानपुर) । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता...

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पहिरोका कारण सिद्धार्थ राजमार्ग अवरुद्ध

पाल्पा । पहिरो खसेपछि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।...

राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप सङ्कलन गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु...

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङ ।  खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको...

तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणमा ६२ प्रतिशत प्रगति

तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणमा ६२ प्रतिशत प्रगति

दमौली (तनहुँ) ।  तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको...