back
CTIZAN AD

नर्वेमा आयोजित एभरेष्ट कप मैत्रीपूर्ण फुटबल टुर्नामेन्ट २०२३ को विजेता बन्यो नेस्को ‘ए’

वि.सं.२०८० असार १२ मंगलवार

1.3K 

shares

नर्वे । नर्वेको राजधानी ओस्लो शहरको क्रिंगशो खेलकूद मैदानमा गैरआवासीय नेपाली संघ (एनआरएनए) नर्वेको आयोजनामा एभरेष्ट कप मैत्रीपूर्ण फुटबल टुर्नामेन्ट २०२३ सफलतापूर्वक सम्पन्न भएको छ ।

प्रत्येक वर्ष समर सीजन र सन् २००८ मा नर्वेस्थित ओसको फुटबल प्रतियोगितामा बेला चट्याङ्ग लागेर दिवंगत भएका नेपाली बिद्यार्थी कन्चन कार्कीको स्मरणमा एनआरएनए नर्वेले यही जुन २५ तारिक आईतबारका दिन मैत्रीपूर्ण फुटबल टुर्नामेन्ट २०२३ सम्पन्न गरेको हो ।

उक्त प्रतियोगितामा नर्बेमा क्रियाशील विभिन्न नेपाली संघ संस्थाको प्रतिनिधित्व गरी ९ टिम सहभागी थिए ।

खेलकुदको माध्यमद्वारा नर्वेमा क्रियाशील विभिन्न संघसंस्था र नेपाली समुदायबीच आपसी सद्भाव अभिवृद्धि गर्दै लैजाने समर सीजनको सदुपयोग प्रत्येक वर्षको समर सीजनमा गरिने यो प्रतियोगिता एनआरएनए नर्वेका अध्यक्ष जिबन बहादुर शाहीले उद्घघाटन गरेका थिए ।

प्रतियोगितामा सहभागी ८ टिमलाई पछि पार्दै यस वर्ष एभरेष्ट कपको प्रथम उपाधि नेपाली बिधार्थीहरुको साझा संगठन(नेस्को ) “ए“ले हात पारेको छ । फाईनलमा पुगेका नेस्कोको दुवै टिम बीच निक्कै प्रतिस्पर्धा रहेको को सो खेलमा ‘ए’ प्रथम विजेता र ‘बि’ उपविजेता बने ।

दुबै टीमले फाइनल खेलमा अत्यन्तै उत्कृष्ट प्रदर्शन गरेका थिए । उक्त प्रतियोगीतमा एनआरएनए नर्बे, जेएसएस नर्बे, नेपोस नर्बे, यूनिक ब्वाईज, नेस्को बी, नेस्को ए, योङ्ग डाडस, योंग ब्वाईज र नेपाली टिम बर्गेंन सहित ९ टीम बीच प्रतिस्पर्धा भएको थियो ।

सहभागी ८ टिमलाई पछि पारी नेस्को ‘ए’ ले यस वर्षको एभरेष्ट् कप रनिंग शील्ड हात पार्न सफल भएको हो ।
प्रतियोगितामा मिलन मल्ल उत्कृष्ट खेलाडी घोषित भएका छन् भने टप स्कोरमा कबीन थापा (नेस्को)उत्कृष्ट कीपरमा अनिल कंडेल (नेस्को), उदियमान खेलाडी अलेक्सन्ड्र मल्ल (नेस्को बि) र निष्पक्ष खेल प्रदर्शनमा नेपाली टिम बर्गेंन छानिएको छ ।

प्रमुखअतिथि एनआरएन नर्वेका प्रमुख संरक्षक संजीव कुमार थापा, पारिवारिक भेटघाटको शीलशिलामा यूरोप भ्रमणमा रहेका समाजका ज्येष्ठ व्यक्तित्व पदम राज उप्रेती, एनआरएन नर्बेका अध्यक्ष जीवन बहादुर शाही, आईसीसी सदस्य, यूरोप युवासंयोजक, एनआरएनका पदाधिकारी,संरक्षक,सलाहकार, विभिन्न संघ संस्थाका प्रतिनिधि र सामाजिक अभियान्ताहरुको रोहबरमा नगद, शील्ड, ट्रफि र प्रमाण–पत्र वितरण गरिएको छ । पुरस्कार वितरण कार्यक्रम युवा संयोजक बिक्रम बस्नेतले संचालन गरेका थिए ।

वि.सं.२०८० असार १२ मंगलवार १४:२८ मा प्रकाशित

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

सात हजार कुखुराको ‘पोष्टमार्टम – १० रोगको पहिचान

चितवन । यहाँ रहेको राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशालाले एक...