back

ललिता निवास प्रकरण : जग्गा फिर्ता र सट्टापट्टा गरेकालाई पनि पक्राउ गर्ने तयारी

वि.सं.२०८० असार १३ बुधवार

849 

shares

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले प्रकरणमा जोडिएका ४०६ जनालाई पक्राउ गर्न अनुमति लिएको छ । बुधबार पत्रकार सम्मेलन गर्दै सीआईबीले पक्राउको अनुमति लिएको जानकारी दिएको हो ।

सीआईबीले मंगलबार भानभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ, निर्वाचन आयोगका पूर्व आयुक्त सुधिरकुमार शाहसहित सात जनालाई पक्राउ गरेको थियो । तर, सर्वोच्च अदालतको यसअघिकै अन्तरिम आदेशका कारण तीन जना भने छुटे ।

अदालतबाट यसअघि नै स्टे अर्डर लिएका सुरेन्द्रमान कपाली, मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन प्रमुख कलाधर देउजा र हुपेन्द्रमणि केसीलाई प्रहरीले कागज गराएर रिहा गरेको हो ।

सीआईबीले प्रकरणमा जोडिएका सबैलाई पक्राउ गरी अनुसन्धान अघि बढाउने तयारी गरेको छ । सीआईबीले जग्गा फिर्ता गर्ने २०९ जना, पशुपति टिकिन्छा गुठीको नाममा जग्गा दर्ता गरेका ११० जना, छुट जग्गा दर्ता गर्ने १३ जना, निवास परिसर विस्तार सट्टापट्टा तथा शोधभर्ना गर्ने ७४ जना गरी ४०६ जनालाई पक्राउ गर्ने तयारी गरेको छ ।

सीआईबीले मुलुकी ऐन २०२० अनुसार सरकारी लिखत कीर्ते गरेको आधारमा मुद्दा दायर गर्ने तयारी गरेको छ ।

वि.सं.२०८० असार १३ बुधवार १२:३१ मा प्रकाशित

Himalayan Life AD
आइतबारबाट बस्ने भनिएको एमाले सचिवालय बैठक सर्यो

आइतबारबाट बस्ने भनिएको एमाले सचिवालय बैठक सर्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक सारिएको...

विपद्बाट सिर्जित विषम परिस्थितिमा जनताको सेवामा जुट्न माओवादीको आग्रह

विपद्बाट सिर्जित विषम परिस्थितिमा जनताको सेवामा जुट्न माओवादीको आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले उच्च सतर्कताका साथ...

अलपत्र यात्रुलाई सुरक्षित स्थानमा राख्न र खानाको बन्दोवस्त गर्न मन्त्रालयको अनुरोध

अलपत्र यात्रुलाई सुरक्षित स्थानमा राख्न र खानाको बन्दोवस्त गर्न मन्त्रालयको अनुरोध

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा अलपत्र परेका...

यसरी गरौं बाढी र डुबानबाट बच्न पूर्व तयारी

यसरी गरौं बाढी र डुबानबाट बच्न पूर्व तयारी

काठमाडौं । हाल देशका विभिन्न जिल्लामा भारी वर्षा भइरहेको छ...

उद्धार कार्यका लागि राज्यका सबै संयन्त्र तयारी अवस्थामा छन्– प्रधानमन्त्री

उद्धार कार्यका लागि राज्यका सबै संयन्त्र तयारी अवस्थामा छन्– प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बाढीबाट उत्पन्न समस्याहरुको चुनौतीको सामना...

बल्खुस्थित वागमती किनारका सयभन्दा बढी सुकुम्वासी परिवारलाई विद्यालयमा सारियो

बल्खुस्थित वागमती किनारका सयभन्दा बढी सुकुम्वासी परिवारलाई विद्यालयमा सारियो

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित वागमती खोलामा पानीको बहाब बढेपछि...