back
CTIZAN AD

उद्धार कार्यका लागि राज्यका सबै संयन्त्र तयारी अवस्थामा छन्– प्रधानमन्त्री

वि.सं.२०८२ असोज १८ शनिवार

621 

shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बाढीबाट उत्पन्न समस्याहरुको चुनौतीको सामना गर्न र उद्धारका लागि सरकारका सबै संयन्त्रहरु तयारी अवस्थामा रहेको बताएकी छन् ।

शुक्रबार रातिदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न क्षेत्र डुबानमा परेको तथा मानविय संकटको अवस्थामा प्रधानमन्त्री कार्कीले देशबासीका नाममा सम्बोधन गर्दै सो कुरा बताएकी हुन् ।

‘ यो चुनौतीपूर्ण समयमा म सबै नागरिकहरुलाई आस्वस्त पार्न चाहान्छु कि, सरकारी निकायहरु उद्धार र राहतका लागि प्रतिकूल प्राकृतिक परिस्थितिका बाबजुद उच्च मनोबलका साथ पूर्ण तयारीको अवस्थामा छन्,’ प्रधानमन्त्री कार्कीले जारी गरेको भिडियो सन्देशमा भनिएको छ, ‘यसबखत नेपाल प्रहरी सशस्त्र प्रहरी, नेपाली सेना, प्रशासन स्वास्थ्यकर्मी तथा अन्य सेवादायी निकायहरु आपतकालिन सेवाहरु नागरिकहरुलाई यथासम्भव तत्काल सहयोग प्रदान र जोखिमपूर्ण क्षेत्रहरु सुरक्षित गर्न २४ सै घण्टा तयार अवस्थामा रहेका छन् ।’

प्रधानमन्त्री कार्कीले राज्यका सबै उपलब्ध स्रोतहरु प्रिचालन गरिएको र राष्ट्रिय तथा स्थानीय निकायसँग समन्वय गरेर उद्धारका कार्यहरु गरिरहेको समेत बताइन् । उनले सहज अवस्था हुनासाथ राजमार्गहरु पुनः खोल्न प्राथमिकता दिने भन्दै जहाँ जुन अवस्थामा भएपनि सुरक्षित रहन सबैलाई अनुरोध गरेकी छन् ।

‘अत्यावस्यक नभएसम्म यात्रा नगर्नुहोस् र बाढीको पानीमा वा पहिरोमा सवारी नचलाउनुहोस् तथा आवतजावत नगर्नुहोस् ।’ उनले आग्रह गरेकी छन् ।

प्रधानमन्त्री कार्कीले बाढी पहिरो वा जोखिम युक्त भू–भागमा भएमा ज्यान र धनको सुरक्षा गर्न सावधानी अपनाउन तथा प्रहरी तथा सम्बन्ध्ीत निकायबाट जारी सुरक्षा सतर्कता अपनाउन अनुरोध गर्दै आवस्यक सहयोगका लागि अप्ठेरो नमान्न समेत अनुरोध गरेकी छन् ।

 

 

वि.सं.२०८२ असोज १८ शनिवार १९:५१ मा प्रकाशित

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

माथिल्लो त्रिशूली–३ ‘बी’को सुरुङमा उद्धार प्रयास तीव्र

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नुवाकोटस्थित...