back
CTIZAN AD

कविता : वृद्धका कर्म फेर्न

वि.सं.२०८२ असोज ४ शनिवार

2.5K 

shares

कल्पना अधिकारी टोखा, काठमाडौँ

सकल युवक जागे देशको भाग्य फेर्न
समय छ अझ बाँकी जोश उत्साह हेर्न ।
कुटिल र हुतिहारा सोचलाई पछार्न
युवक अनुज थाले, वृद्धका कर्म फेर्न ।१।

जब सबल युवाको जोशिलो रक्त जाग्छ
थकित मुलुकले यो शान्तिको सास फेर्छ
कतिपय शठ लागे गेह आफ्नै ततेर्न
युवक अनुज थाले, वृद्धका कर्म फेर्न ।२।

जब दन दन आगो राष्ट्रमा बल्न थाल्यो
भतभतभत छाती भित्र झन् पोल्न थाल्यो
कठिन छ अब सोचे भेलमा नाउ तर्न
युवक अनुज थाले, वृद्धका कर्म फेर्न ।३।

तहसनहस सारा देश बन्दा खरानी
टुलुटुलुटुलु हेर्छन् मूर्ख लाजै नमानी
निडर युवक लागे भ्रष्टका गेह घेर्न
युवक अनुज थाले, वृद्धका कर्म फेर्न ।४।

असिनपसिन पारे भ्रष्ट नेता पछारे
कतिपय जनलाई गेहबाटै लघारे
मुलुक र जन लागे सूत्रमा एक बेर्न
युवक अनुज थाले, वृद्धका कर्म फेर्न ।५।

छन्द : मालिनी
गण : न न म य य
गण सङ्केत : III – III – SSS – ISS – ISS

अभ्यास : भक्तपुर बुढ्यौली साहित्य समाज

वि.सं.२०८२ असोज ४ शनिवार ०९:२४ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...