back
CTIZAN AD

कविता : साथी म यतै छुटेँ

वि.सं.२०८२ असोज ४ शनिवार

1.9K 

shares

समीप बैरागी, रोल्पा

प्रिय साथी !
रक्तपिपासुहरूको आदेशमा
बर्दीधारी सर्पले डसेपछि
म यतै दरवारको आँगनमै छुटेँ ।

मेरा बाबा र आमाको सपना छुट्यो
तर छैन, छुटेको
हाम्रो सुनौलो साझा सपना
अँधुरो सपना पूरा गर्ने
बाँकी अभिभारा तिम्रो काँधमा थपियो ।

हरेस नखानु –
तारा खसेपछि न हो बिहान हाँस्ने
लडिरहनु बेथितिको बिरुद्ध ।

बाबा र आमालाई भनिदिनु
उसले देशको लागि
स्वर्णिम पानामा आफ्नो नाम दर्ज गरि हिँड्यो
युगौँ युग सम्म बाँचिरने छ, ऊ
तपाईंहरूका लागि जन्मिएका छौँ – लाखौं छोरा ।

अँध्यारोबाट फेरि –
मुर्दाहरू उठाउन सक्छन् – शिर
आउन सक्छन् – ¥याल चुहाँउदै
गुफा भित्रका गुमनाम स्यालहरू
हरेक पाइला – पाइलामा सचेत रहनु ।

प्रिय साथी !
रगतको पर्खालले छेक्दै छ – मलाई
अन्तिम बिदा मागेँ अब
रक्ताम्य यो कमिज र जुत्ता लिनु
र, सजाइराख्नु इतिहासको संग्रहालयमा
बाँकी पुस्ताले देख्नेछन् – क्रान्तिको तस्बिर ।

 

वि.सं.२०८२ असोज ४ शनिवार ०९:२७ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...