back

भ्रष्टाचारविरुद्धको अभियानमा प्रचण्डले मागे दलहरुको सहयोग

वि.सं.२०८० असार १३ बुधवार

552 

shares

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार र बेथितिविरुद्ध अभियान छेडिएको बताएका छन् । प्रधानमन्त्रीले विकृतिविरुद्धको यो लडाइँमा राजनीतिक दल, सांसद र आम जनताको सहयोग मागेका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भनेका छन्, “वर्षौंदेखि विकृतिको डंगुर सफा गर्ने यो लडाइँमा मलाई सदन र जनताको अझ धेरै समर्थनको आवश्यकता रहेको महसुस गरेको छु, यो लडाइँमा मलाई सदनको पनि र आम जनताको पनि अझ ठूलो हौसला र समर्थन प्राप्त हुने विश्वास गरेको छु, कुनै पनि मूल्यमा विकृतिका विरुद्धको यो लडाइँ अगाडि बढाइनेछ ।”

विकृतिविरुद्ध सरकारले छेडेको अभियानले लोकतन्त्रको सर्वोच्चतालाई कायम गरेको बताए । उनले उच्च पदस्थ कानुनभन्दा माथि हुन्छन् भन्ने मान्यता अन्त्य भएको बताए ।

“नक्कली भुटानी शरणार्थी प्रकरण सरकारले गरेको सबैभन्दा ठूलो अनुसन्धान हो, यो सफल अनुसन्धानबाट कानुनको सर्वोच्चता मात्रै कायम गरेको छैन, लोकतन्त्रको सर्वोच्चता पनि स्थापित भएको छ”, प्रधानमन्त्रीले भने, “लोकतन्त्रभित्र देखा पर्ने समस्याको समाधान पनि लोकतन्त्रमा नै हुन्छ भन्ने यसपटक राम्रोसँग स्थापित भएको छ, उच्च पदस्थ र देशको एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित हुँदै गएको छ ।”

वि.सं.२०८० असार १३ बुधवार १३:०५ मा प्रकाशित

Himalayan Life AD
आइतबारबाट बस्ने भनिएको एमाले सचिवालय बैठक सर्यो

आइतबारबाट बस्ने भनिएको एमाले सचिवालय बैठक सर्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक सारिएको...

विपद्बाट सिर्जित विषम परिस्थितिमा जनताको सेवामा जुट्न माओवादीको आग्रह

विपद्बाट सिर्जित विषम परिस्थितिमा जनताको सेवामा जुट्न माओवादीको आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले उच्च सतर्कताका साथ...

अलपत्र यात्रुलाई सुरक्षित स्थानमा राख्न र खानाको बन्दोवस्त गर्न मन्त्रालयको अनुरोध

अलपत्र यात्रुलाई सुरक्षित स्थानमा राख्न र खानाको बन्दोवस्त गर्न मन्त्रालयको अनुरोध

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा अलपत्र परेका...

यसरी गरौं बाढी र डुबानबाट बच्न पूर्व तयारी

यसरी गरौं बाढी र डुबानबाट बच्न पूर्व तयारी

काठमाडौं । हाल देशका विभिन्न जिल्लामा भारी वर्षा भइरहेको छ...

उद्धार कार्यका लागि राज्यका सबै संयन्त्र तयारी अवस्थामा छन्– प्रधानमन्त्री

उद्धार कार्यका लागि राज्यका सबै संयन्त्र तयारी अवस्थामा छन्– प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बाढीबाट उत्पन्न समस्याहरुको चुनौतीको सामना...

बल्खुस्थित वागमती किनारका सयभन्दा बढी सुकुम्वासी परिवारलाई विद्यालयमा सारियो

बल्खुस्थित वागमती किनारका सयभन्दा बढी सुकुम्वासी परिवारलाई विद्यालयमा सारियो

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित वागमती खोलामा पानीको बहाब बढेपछि...