काठमाडौं । जिल्लास्थित निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन मातहत राख्ने भनि बजेटमा आएको विषय संशोधन नभएको भन्दै एमाले र रास्वपाले अवरोध गरेपछि संसद बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
सभामुख देवराज घिमिरेले दलहरुबीच सहमति खोज्नका लागि भन्दै बैठक स्थगित गरेका हुन् ।
यसअघि एमाले र रास्वपाको विरोधपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सरकार जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने पक्षमा नरहेको स्पष्ट पारेका थिए । उनले उक्त प्रतिबद्धतालाई समावेशन गर्ने भन्ने विषयमा छलफल गर्न सकिने बताएका थिए ।
संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अर्थमन्त्री प्रकाशशरण महतले पनि यसअघि नै उक्त विषय भुलबस आएको भन्दै जिल्ला निर्वाचन कार्यालय स्वतन्त्र राख्ने कुरा प्रतिबद्धता जनाएका थिए ।
वि.सं.२०८० असार १३ बुधवार १४:४५ मा प्रकाशित




























