back
CTIZAN AD

मन्दिर भत्काउने क्रममा दुई फिट अग्लो मूति फेला

वि.सं.२०८० असार १४ बिहीवार

858 

shares

काभ्रे । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–७ मा नगरले प्रशासनिक भवन निर्माण गर्दा स्थानीय मन्दिर भत्काउने क्रममा मनमती देवीको निकै पुरानो मूर्ति फेला परेको छ । भेटिएको उक्त मूर्ति दुई फिट अग्लो छ ।

उक्त मन्दिर क्षेत्रमा पुरातत्व विभागको टोलीले अनुगमन गर्दै भेटिएको मूर्तिसहित मन्दिर यथास्थानमा निर्माण गर्न निर्देशनसमेत दिएको छ । नगर कार्यालयले प्रशासनिक भवन निर्माणार्थ मनमती देवीकै मन्दिर हटाएर पुरातात्विक वस्तुसमेत नष्ट गर्न खोजेको जानकारी पाएपछि पुरातत्वविद्सहितको टोलीले बुधबार अनुगमन तथा अध्ययन गरेको हो । हनुमानढोका हेरचाह समितिका कार्यकारी प्रमुख सन्दीप खनाल, विभागका पुरातत्वविद् विष्णु पाठकलगायतको टोलीले अध्ययनका क्रममा नगरले भवन निर्माण गर्दा जबर्जस्ती मन्दिर हटाएको पाइएको उल्लेख गरेका छन् ।

सत्तरी वर्षअघि निर्माण भएको उक्त मन्दिर भत्काउँदा जमिनमुनि भेटिएको उक्त मूर्ति प्राचीन रहेको पुरातत्वविद् पाठकले बताए । उनका अनुसार ऐतिहासिक सम्पदालाई यथास्थानमै राख्न भनिएको छ ।

यस्तै टोलीले अनुगमनका क्रममा करिब छ सय वर्ष पुरानो देवीको मूर्तिसमेत फेलापरेको थियो । उक्त मूर्ति पनि अहिले मन्दिर भएकै ठाउँमा राखिएको छ ।

उक्त मन्दिर हाल निर्माण गरिएको नगरको भवनको उत्तरतर्फ रहेको थियो । वडाध्यक्ष विष्णुप्रसाद पौडेलले केही वर्षअघि नगर कार्यपालिकाले मन्दिर हटाउने निर्णय गरेकाले आफ्नो भूमिका नरहेको बताउनुभयो । नगरले मन्दिर बाहिर सार्न भत्काएपछि स्थानीयले विरोध गर्दै आएका छन् । केही दिनअघि स्थानीयको विरोधलाई तितरवितर पार्न सशस्त्र प्रहरी बलसमेत प्रयोग गरिएको थियो । file photo 

वि.सं.२०८० असार १४ बिहीवार ११:१७ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...