back
CTIZAN AD

एक दशकपछि स्वदेश फर्किएर कृषिमा लागेका ढुङ्गाना उत्कृष्ट कृषि सम्मानको सूचीमा

वि.सं.२०८० असार १४ बिहीवार

717 

shares

बेनी । बेनी नगरपालिका–७ कुरिलाखर्कका सुरेश ढुङ्गाना गण्डकी प्रदेशबाट उत्कृष्ट कृषि पुरस्कारका लागि छनोट भएका छन् । म्याग्दी जिल्लाकै अगुवा कृषकका रूपमा परिचित ढुङ्गानाले सञ्चालन गरेका ‘ढुङ्गाना कृषि तथा पशुपक्षी फार्म’ गण्डकी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयबाट सार्वजनिक भएको उत्कृष्ट कृषि सम्मानको सूचीमा समावेश भएको हो ।

वैदेशिक रोजगारीका लागि एक दशक खाडी मुलुकका विभिन्न देशमा बिताएर स्वदेश फर्किएपछि विसं २०७० देखि निरन्तर पशुपालनमा सक्रिय ढुङ्गानालाई उत्कृष्ट कृषि पुरस्कारबाट शुक्रबार एक कार्यक्रमकाबीच सम्मान गरिने प्रदेशअन्तर्गत कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ ।

कतार, यूएई, बहराइन र साउदी अरबमा गरी दश वर्षपछि स्वदेश फर्केर रू पाँच लाखको लगानीमा एउटा भैँसी र गाईबाट पशुपालन सुरु गरेका ढुङ्गानाले अहिले मनग्ये आम्दानी गर्दै आएका छन् ।

वैदेशिक रोजगारीलाई बिट मारेर पशुपालन व्यवसायमा लागेका ढुङ्गाना यही साता बेनी नगरपालिका वडा नं ७ बाट पनि उत्कृष्ट कृषकका रुपमा सम्मानित भएका थिए ।

फार्ममा अहिले स्थानीय र मुर्रा जातका दुहुना भैँसी, जर्सी गाई, बाच्छाबाच्छी गरी ३५ वटा पशु रहेका ढुङ्गानाले जानकारी दिए । उनका अनुसार फार्ममा रहेका ३० दुहुना गाई भैँसीबाट दैनिक दुई सय लिटरसम्म दूध उत्पादन गरी बिक्री हुने गरेको छ ।

फार्म निर्माण, गाई भैँसी खरिदलगायत कामका लागि हालसम्म रू एक करोड लगानी गरिसकेको ढुङ्गानाको भनाइ थियो । फर्ममा तीन जनाले रोजगारीसमेत पाएका उनले बताए ।

गण्डकी प्रदेशबाट उत्कृष्ट कृषकका रूपमा पुरस्कृत हुने खबरले पशुपालनलाई थप व्यवस्थितरूपमा अगाडि लैजाने ऊर्जा मिलेको ढुङ्गानाले बताए । गण्डकी प्रदेशले शुक्रबार विभिन्न विधाका पाँच जनालाई पुरस्कृत गर्दैछ ।

वि.सं.२०८० असार १४ बिहीवार १२:०७ मा प्रकाशित

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्यको...

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन यहाँ...

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

त्रिवेणी (नवलपरासी) । कावासोती नगरपालिकाले दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई...

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

जुम्ला । डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११...

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा रु पाँच अर्ब २७...