back
CTIZAN AD

गर्मीकाे चपेटामा अमेरिका : अत्याधिक गर्मीका कारण १७ जनाको मृत्यु

वि.सं.२०८० असार १४ बिहीवार

843 

shares

काठमाडाैं । अमेरिकाको दक्षिणी भागमा फैलिएको तातो हावाको लहरका कारण कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

वेब काउन्टी दक्षिणी टेक्सासमा, चिकित्सा परीक्षक डा कोरिन स्टर्नले बुधबार जनाएअनुसार असामान्य गर्मीका कारण ६० वर्षभन्दा माथिका ११ जनाको मृत्यु भएको छ ।

“यस्तो गर्मी हामीले यहाँ पहिले कहिल्यै अनुभव गरेका थिएनौं,” स्टर्नले भने, “तापको प्रकोपबाट हुने मृत्युलाई दुर्घटनाका रूपमा लिइन्छ, र दुर्घटना, परिभाषाअनुसार, रोकथाम गर्न सकिने मृत्यु हुन् । यी सबै मृत्युलाई रोक्न सकिन्थ्यो ।”

यसैगरी फ्लोरिडाका १४ वर्षीय युवकको टेक्सासको बिग बेन्ड नेश्नल पार्कमा शुक्रबार गर्मीका कारण उत्पन्न थकानका कारण मृत्यु भएको छ । त्यहाँको तापक्रम ११९ डिग्री फरेनहाइट ४८ डिग्री सेल्सियस) पुगेको थियो ।

यसैगरी अन्य पीडितमा उत्तरी टेक्सासका १७ वर्षीय पदयात्री, पूर्वी टेक्सासका युटिलिटी लाइनम्यान, डलासका हुलाक कर्मचारी र लुइसियानाको तटीय राज्यका दुई जना बासिन्दा रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

टेक्सास ट्रिब्युनको बुधबारको रिपोर्टले टेक्सासमा गर्मीको लहर आएदेखि ३० वर्षका दुई जना पुरुषसहित कम्तीमा नौ जना कैदीको हृदयघात वा वातानुकूलित नभएको जेलमा अज्ञात कारणले मृत्यु भएको बताएको छ । एजेन्सीबाट

वि.सं.२०८० असार १४ बिहीवार १७:५७ मा प्रकाशित

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

रास्वपा महाधिवेशनः निर्वाचनमा कडा मापदण्ड, उम्मेदवारीमा कडाइ

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सक्षम नेतृत्व चयन गर्न...

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

नेप्से परिसूचक २६ दशमलव १६ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

रासायनिक मलको विकल्पमा ढैँचा

रासायनिक मलको विकल्पमा ढैँचा

तानसेन (पाल्पा) । माथागढी गाउँपालिकाका किसान धनबहादुर विश्वकर्माले रासायनिक मलको...

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

मौसम अनुकूल हुँदा रास्वपाको महाधिवेशन सहज, गर्मीको प्रभाव न्यून

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन उद्घाटन सत्रको अघिल्लो...