back
CTIZAN AD

नेपाली युवाले गरे युरोपको सर्वाेच्च शिखर एलब्रसको सफल आरोहण

वि.सं.२०८० असार १५ शुक्रवार

798 

shares

काठमाडौँ । नेपाली युवा प्रकाशराज पाण्डेले युरोपको सर्वोच्च शिखर माउन्ट एलब्रस हिमाल सफल आरोहण गरेका छन् । यही जुन २९ तारिखका दिन बिहान ९ बजे उनले रुसमा रहेको उक्त हिमाल आरोहण गरेका हुन् । पाण्डेले एलब्रसमा नेपालको राष्ट्रिय झण्डासमेत फहराएका थिए । उक्त हिमाल पाँच हजार छ सय ४२ मिटर अग्लो छ ।

उनले सातै महादेशका उच्च हिमाल आरोहण गरी सेभेन समिट पूरा गर्ने लक्ष्यका साथ जुन २१ मा रुस प्रस्थान गरेका थिए । पाण्डेले आरोहण गरका उक्त हिमाल युरोपको सबैभन्दा अग्लो चुचुरो हो । अब युरोपको सफल आरोहण सम्पन्न भएसँगै अफ्रिकाको अग्लो चुचुरो किलिमाञ्जारो हिमाल आरोहणका लागि त्यसतर्फ प्रस्थान गर्ने उनले बताए ।

पाण्डेले सन् २०१६देखि हिमाल चढ्न सुरु गरेका हुन् । उनले सगरमाथा, मनास्लु र आमादब्लम हिमाल आरोहण गरिसकेका छन् । पाण्डेले अन्य सबै महादेशका अग्ला हिमाल आरोहण सकेपछि पुनः सगरमाथाको आरोहण गरी सेभेन समिट पूरा गर्ने बताए । रामेछापको लिखु तामाकोशी निवासी उनले विश्व रेकर्ड कायम गर्ने उद्देश्य लिएका छन् ।

 

वि.सं.२०८० असार १५ शुक्रवार १५:३९ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...