back
CTIZAN AD

एनएमबि र खेतीको सहकार्यमा ‘एनएमबि खेती कर्जा’को शुरुवात

वि.सं.२०८० असार १५ शुक्रवार

780 

shares

काठमाडौं । एनएनबि बैंक लिमिटेड र नेपालको डिजिटल कृषि एप खेतीको सहकार्यमा पूर्णरुपमा डिजिटल प्रविद्यिमा आधारित बिना धितो एनएमबि खेती कर्जाको आधिकारीकरुपमा शुभारम्भ भएको छ । यस कर्जामार्फत किसानहरुले खेति एपको नयाँ फिचर एनएमबि खेती कर्जामा आवेदन दिई सहज रुपमा पाँच मिनेटभित्रै कर्जा प्राप्त गर्न सक्नेछन् ।

वित्तीय पहुँचबाट बञ्चित रहेका किसानहरुले सहज रुपमा कर्जा प्राप्त गरुन भन्ने हेतुले पूर्णरुपमा डिजिटल प्रविद्यिमा आधारित बिना धितो कर्जा नेपालमा नै पहिलो पटक शुरु गरिएको बैंकले जनाएकाे छ । बैंकले जनाएअनुसार किसानहरुले आफूलाई आवश्यक कृषि बिउ बिजन, अन्य बिभिन्न आवश्यक कृषिजन्य बस्तु तथा उपकरणहरु खरिद गर्नको लागि यो कर्जा सरल किस्ताबन्दिमा बिना धितो प्राप्त गर्न सक्नेछन् भने यस कर्जा प्राप्त गर्नको लागि अन्य कर्जा जस्तै कर्जाको लागि आवश्यक कागजातहरु पेश गर्नुपर्ने झंझट ब्यहोर्नुपर्ने हुँदैन ।

यो कर्जा पूर्णरुपमा डिजिटल प्रविद्यिमा आधारीत कर्जा भएकाले किसानहरुले खेतिसँग पहिला गरेको कारोवारको मूल्याङकन गरेर स्विकृति गरिनेछ भने ग्राहकहरुले ३ महिना देखि २४ महिनासम्मको भुक्तानी अवधिभित्र कर्जा चुक्ता गर्ने सुविधा प्राप्त गर्न सक्नेछन् र कर्जा चुक्ता गरिसकेपछि निजले फेरि अर्काे कर्जा पनि तुरुन्तै प्राप्त गर्न सक्ने जनाइएकाे छ ।

यस एनएमबि खेति कर्जा प्राप्त गर्नको लागि ग्राहकहरुले एनएमबि बैंकमा खाता खोलेको हुनुपदर्छ भने खेति एप अनिवार्य डाउनलोड गरि एपमा भएका फिचरहरुको प्रयोग गरेर ग्राहक पहिचान बिवरण भर्नुको साथै कृषिजन्य उत्पादन तथा उपकरणको कारोवार खेति एपबाट गरेको साथै रोग तथा किरा नियन्त्रण, फर्म शुरु जस्ता खेतिका महत्वपूर्ण चरणहरुमा पूर्ण सहभागि भएको हुनुपर्ने बताइएकाे छ ।

देशले कृषिको ब्यवसायिकरणमा जोड दिईरहेको अवस्थामा किसानहरुलाई पूर्णरुपमा डिजिटल प्र्रविद्यिमा आधारित बिना धितो कर्जा ५ मिनेटभित्र प्राप्त गर्न सकिने यस एनएमबि खेती कर्जाले किसानहरु लाभान्वित भई समग्र कृषि क्षेत्रको बिकास भई नेपालको अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव परि देशको आर्थिक विकासमा मद्धत पुग्ने बैंक र खेतिको विश्वास रहेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १३८ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

वि.सं.२०८० असार १५ शुक्रवार १७:१० मा प्रकाशित

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

प्रतिभा प्रस्फुटनले सङ्घीयताप्रति बलियो बनाउँदै विद्यार्थीको बुझाइ

किस्पाङ (नुवाकोट) । प्रत्येक व्यक्तिमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गरी व्यक्तित्व...

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई अनुदान

त्रिवेणी (नवलपरासी) । कावासोती नगरपालिकाले दुग्ध उत्पादनलाई प्रोत्साहन गर्न किसानलाई...

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

जुम्ला । डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११...

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

छ हजार बचतकर्ताको रकम फिर्ताका लागि आवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको सहकारी विभागमा रु पाँच अर्ब २७...

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

भोजपुर  । भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर आतङ्क नियन्त्रण गर्न बाँदरलाई...

आज पनि सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

आज पनि सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ...