back
CTIZAN AD

संविधान र गणतन्त्रको रक्षाका लागि समाजवादी मोर्चा गठन : अध्यक्ष नेपाल

वि.सं.२०८० असार १६ शनिवार

777 

shares

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान र गणतन्त्रको रक्षाका लागि समाजवादी मोर्चा निर्माण भएको बताएका छन् ।

नेपाल नेवाः राष्ट्रिय सङ्घ (समाजवादी)को प्रथम बागमती प्रदेश कमिटी भेलामा अध्यक्ष नेपालले लामो जनसङ्घर्षबाट मुलुकमा प्राप्त राजनीतिक उपलब्धिविरुद्ध षड्यन्त्र भइरहेकाले समाजवादी मोर्चा निर्माण भएको बताए। मोर्चा कसैलाई एक्ल्याउनका लागि नभएको उनको दाबी छ ।

अध्यक्ष नेपालले आफ्नो तत्काल कुनै पार्टीसँग एकता नहुने स्पष्ट पारे । परिवर्तनका पक्षधर शक्ति एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै उनले संविधानबारे बिमति राख्ने शक्ति पनि प्रजातान्त्रिक प्रणालीमा विश्वास गर्नुपर्ने विचार व्यक्त गरे ।

उनले मोर्चाको आगामी कार्यदिशा र कार्यक्रम तय गर्न बैठक आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए । देशमा सामाजिक न्याय तथा सुशासन कायम हुन नसकेकाले बेथिति बढेको बताउँदै उनले प्रगतिको बाधक तत्वका रूपमा रहेको भ्रष्टाचार न्यूनीकरण गर्न सबै दलको साझा दृष्टिकोणको खाँचो औँल्याए ।

 

वि.सं.२०८० असार १६ शनिवार २०:०२ मा प्रकाशित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

रोनाल्डोको गोलमा पोर्चुगल विजयी, उज्वेकिस्तान ५–० ले पराजित

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी...

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

विश्वकप फुटवल : इङ्ल्याण्ड र घानाबीचको खेल बराबरीमा

काठमाडौँ । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा इङ्ल्याण्ड र...

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौँ । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा...

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

आजको मौसम विवरण : यी दुई प्रदेशमा तातो दिनको सम्भावना

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...