back
CTIZAN AD

तनहुँमा सुरु भयो व्यावसायिक एभोकाडो खेती

वि.सं.२०८० असार २० बुधवार

1.4K 

shares

तनहुँ । एक वडा एक उत्पादन कार्यक्रमअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिकामा ‘घ्यू फल’ भनेर चिनिने एभोकाडोको खेती सुरु गरिएको छ । आँबुखैरेनी–२ मा ७५ प्रतिशत अनुदानमा एक हजार आठ सय ४० वटा एभोकाडोको बिरुवा तथा सामग्री वितरण गरिएको हो ।

उक्त बिरुवा रोपेको तेस्रो वर्षबाट उत्पादन दिन सुरु हुने र मूल्य पनि राम्रो पाइने भएकाले यस खेतीलाई प्राथमिकता दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए ।

फलफूल क्षेत्र विकास कार्यक्रमअन्तर्गत तनहुँमा पनि एभोकाडो खेतीलाई समावेश गरी गत वर्षदेखि यसको बिरुवा उत्पादन गरेर खेती सुरुआत गरिएको हो ।

समुन्द्री सतहबाट दुई सय सयदेखि एक हजार छ सय मिटर उचाइमा यसको खेती गर्न सकिने कृषि ज्ञानकेन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारीले बताए । तनहुँमा पाँच हेक्टर जमिनमा बिरुवा लगाएर खेती सुरुआत गरिएको र यस वर्ष अझै विस्तार गर्दै लैजाने योजना रहेको छ ।

तिवारीका अनुसार गत वर्ष केन्द्र आफैँले दुई हजार बिरुवा उत्पादन गरेर र बाहिरबाट थप दुई हजार बिरुवा मगाएर चार हजार बिरुवा कृषकलाई वितरण गरेको थियो । यस वर्ष पाँच हजार बिरुवा वितरण गर्ने योजना रहेको छ । कृषकलाई ७५ प्रतिशत अनुदानमा प्रतिबिरुवा रु २५ मा वितरण गरिएको हो ।

पहाडी भूगोलमा हुने एभोकाडोको खेती गर्न सकिने केन्द्रले जनाएको छ । तिवारीले भने “यो खेती तराईदेखि पहाडसम्म गर्न सकिन्छ कागती तथा केरा हुने स्थानमा यसको खेती राम्रो हुन्छ ।”

एभोकाडो खेती गरेर बाँझो जमिनको सदुपयोग गर्न सकिन्छ । प्रशस्त भिटामिन, प्रोटिन र चिल्लो पदार्थ पाइने भएकाले एभोकाडो उच्च रक्तचाप, मधुमेह र मुटु रोगका बिरामीका लागि अति नै लाभादायक मानिन्छ । एभोकाडो म्याग्दीमा भित्रिएको नयाँ जातको फलफूल हो । नेपालमा मेक्सिकन, ग्वाटेमिलन र भारतीय जातको एभोकाडो खेती गरिने छ ।

एभोकाडो मेक्सिको र अमेरिकामा उत्पत्ति भएको विश्वास गरिन्छ । धनकुटाको पाख्रिबासमा २०२५ सालमा फल खान ल्याएको दानाको बियाँ उम्रिएपछि विस्तार भएको पाइन्छ । यो फलको थोकमा प्रतिकिलो रु दुई सय र फुटकर रु तीन सय ५० देखि रु चार सयसम्म मूल्य पर्दछ । यसको जुस बनाएरसमेत उपभोग गर्न सकिन्छ ।

ठूला होटल, पर्यटक, विदेशबाट आएका र सहर बजारका बासिन्दाले प्रायः एभोकाडोलाई मुख्य फलका रूपमा उपभोग गर्ने गर्दछन् । कात्तिक महिनामा टिप्न सुरु गरिने एभोकाडोको फल फागुनसम्म बोटमा राख्न सकिन्छ । कलमी र बिजु दुई विधिबाट यसको बिरुवा उत्पादन गर्न सकिने केन्द्रले जनाएको छ । file-photo

 

वि.सं.२०८० असार २० बुधवार ०८:०० मा प्रकाशित

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

चितवन । भरतपुर महानगरपालिका–१६ मा सिलिण्डर विष्फोट हुँदा एक जनाको...

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

सांसदले निजी स्वकीयसचिव राख्ने निर्णयविरुद्ध रिट

काठमाडौँ । सङ्घीय संसद्का सांसदले निजी स्वकीयसचिव (पिए) राख्ने सम्बन्धमा...

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

कोरिया र नेपाल सरकारबीच दुई प्रमुख समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र गणतन्त्र कोरिया कोरियाबीच कृषि मूल्य शृङ्खला...

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

थप पाँच परिवारलाई जग्गाधनी प्रमाण पुर्जा वितरण

भद्रपुर (झापा) । जिल्ला भूमि समस्या समाधान समिति झापाले जिल्लाका...

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण

महेन्द्रनगर । नेपाली सेनाको श्रमदानमा कञ्चनपुरको महाकाली नदीस्थित चार लेनको...

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

एक हजार १८० रोपनीमा फलफूलखेती विस्तार

गण्डकी । गण्डकी प्रदेशमा फलफूल विकास आयोजनामार्फत प्रारम्भिक चरणमा एक...