back
CTIZAN AD

कोशी प्रदेशमा वर्षेनी सडक दुर्घटना बढ्दो

वि.सं.२०८० असार २० बुधवार

738 

shares

बेलबारी । कोशी प्रदेशका विभिन्न स्थानमा पछिल्ला चार वर्षको अवधिमा ११ हजार छ सय ६५ सवारी साधन दुर्घटनामा परेका छन् । त्यसमा एक हजार सात सय एकको मृत्यु भएको तथ्याङ्क रहेको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका अनुसार गएको चार वर्ष अवधिमा वार्षिक ८० प्रतिशत सवारी दुर्घटना भएका छन् । त्यसमा २६ दशमलव ६४ प्रतिशत मानिसको मृत्युदर बढेर गएको कार्यालयले जनाएको छ ।

गत आर्थिक वर्ष २०७८\७९ मा मात्रै कोशी प्रदेशमा तीन हजार आठ सय २० सवारी साधन दुर्घटना हुँदा पाँच सय ३१ जनाको मृत्यु भएको र एक हजार एक सय १४ जना गम्भीर घाइते भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।

अघिल्लो आव २०७७\७८ मा प्रदेशभित्र तीन हजार एक सय ३१ सवारी साधन दुर्घटनामा परि चार सय ४४ जनाको मृत्यु भएको थियो । त्यसैगरी २०७६\७७ मा प्रदेशभित्र एक हजार तीन सय २२ सवारी साधान दुर्घटना भएका थिए । त्यसमा तीन सय ३२ जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । यी तथ्याङ्कलाई आधार मान्दा वार्षिक रुपमा दुर्घटना बढेको देखिएको छ ।

समग्र दुर्घटनामध्ये ५३ प्रतिशत तीव्र गतिका कारण दुर्घटना भएको देखिएको छ । मादक पदार्थ सेवन गरी सवारी साधन चलाउँदा १० प्रतिशत, चालकको लापरबाहीले १६ प्रतिशत, चालक अनुमतिपत्र नभएकाले सवारी कुदाउँदा सात प्रतिशत र सडक प्रयोगकर्ताले असावधानीपूर्वक सडकको प्रयोग गर्नाले १२ प्रतिशत सडक दुर्घटना हुने गरेको प्रहरी उपरीक्षक महतो बताउछन् ।

कोशी प्रदेशमा मङ्गलबारदेखि ट्राफिक सप्ताह सुरु भएको छ । मादक पदार्थ सेवन गरी सवारी सधान कुदाउन नदिन कडाइपूर्वक लागू गर्ने, सडक लेनको अनुशासन, सिटी रिक्साहरुको व्यवस्थापन, टाइम कार्ड लागू, गति नियन्त्रणका साथै राजमार्गमा कुद्ने सवारी साधन सार्वजनिक बस रोक्न एक सय नौ पकेट कार्यक्रम लगायतका कार्यमा ट्राफिक प्रहरी सक्रियताका साथ लागिपरेको महतोले बताए ।

उक्त प्रदेशभित्र हाल चार सय ७४ ट्राफिक प्रहरी रहेको र भएको जनशक्तिलाई स्रोत साधनको अभावका बीच व्यवस्थापन गर्नुपरेको उनले बताए पर्याप्त श्रोतसाधन हुने हो भने ट्राफिक व्यवस्थापन सहज हुने उनले बताए।

वि.सं.२०८० असार २० बुधवार १३:५९ मा प्रकाशित

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङमा अब ग्यासको लागि लाइनमा बस्नु नपर्ने

दाङ ।  खाना पकाउने ग्यासका लागि घण्टौँ लाइन बस्नुपर्ने अवस्थाको...

तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणमा ६२ प्रतिशत प्रगति

तनहुँ जलविद्युत् आयोजनाको बाँध निर्माणमा ६२ प्रतिशत प्रगति

दमौली (तनहुँ) ।  तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको...

भन्सार छलेर ल्याइएका  १२ विद्युतीय स्कुटर नियन्त्रणमा

भन्सार छलेर ल्याइएका  १२ विद्युतीय स्कुटर नियन्त्रणमा

वीरगञ्ज (पर्सा) ।  प्रहरीले भन्सार छली गरेर नेपाल भित्र्याइएका १२...

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...