काठमाडौं । लुम्बिनी विकास बैंकले विविधि कार्यक्रम गरी १६औं वार्षिकोत्सव मनाएको छ ।
सोही अवसरमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौँको टोखानगरपालि–७ स्थित धापासीमा रहेको ‘पवित्र समाज सेवा नेपाल’लाई सहयोग गरेको पनि बैंकले जानकारी दिएको छ ।
‘पवित्र समाज सेवा नेपाल’मा आश्रित कलेज तथा विद्यालयमा अध्ययनरत असहाय बालबालिकाहरूलाई पोशाक वितरण गरिएको बैंकले बताएको छ । बैंकले वार्षिकोत्सवकै अवसरमा २० वर्षभन्दा बढी विभिन्न तह र जिम्मेवारीमा रही सेवा प्रदान गरेका १२ जना कर्मचारीलाई सम्मान पनि गरेको छ ।
व्यवस्थापनको उपस्थितिमा बैंकका अध्यक्ष चिन्तामणि भट्टराई र प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले संयुक्त रूपमा कर्मचारी सम्मान गरे । उनीहरूलाई दिर्घ सेवा पदक र मायाको चिनो प्रदान गरिएको बैंकले जानकारी दिएको छ ।
वि.सं.२०८० असार २६ मंगलवार ०८:३८ मा प्रकाशित






























