back
CTIZAN AD

कामना सेवा विकास बैंकको एकदिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

वि.सं.२०८० असार २६ मंगलवार

837 

shares

काठमााडौं । कामना सेवा विकास बैंकले भक्तपुर बहुमुखी क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले सोमबार भक्तपुर नगरपालिका वडा नं १७, दुधपाटी स्थित भक्तपुर बहुमुखी क्याम्पसमा एक दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

बैंकले व्यवस्थापन संकायका विद्यार्थीहरुलाई सुरक्षित भविष्यको सुनिश्चितता गर्दै सही वित्तीय निर्णयहरू गर्न शिक्षित र सशक्त बनाउने योजनाका साथ यो कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

उक्त कार्यक्रममा ६० भन्दा बढी सहभागी विद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रममा सहभागीलाई बैंकका कर्मचारीले वित्तीय व्यवस्थापन, बचत र खर्चको व्यवस्थापन, डिजिटल बैंकिङ, डिजिटल बैंकिङमा अपनाउनुपर्ने सतर्कतता लगायतका विषयमा साक्षरता प्रदान गरेका थिए ।

कार्यक्रममा बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत हरिप्रसाद लम्साल, जगाती शाखाका शाखा प्रमुख सुरज कुमार सरार्फ लगायत अन्य कर्माचारी र क्याम्पसका तर्फबाट क्याम्पसका सहायक प्राध्यापक तुलसीराम घेमोसु र अन्य विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

वि.सं.२०८० असार २६ मंगलवार ०८:४४ मा प्रकाशित

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

असारमा वाणिज्य बैंकहरूको ब्याजदरमा सामान्य कटौती, अधिकांश बैंकले पुरानै दर कायम राखे

काठमाडौँ । असार २०८३ का लागि वाणिज्य बैंकहरूले सार्वजनिक गरेको...

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

नेपाल बैंक र सिद्धार्थ बिजनेस गू्रप अफ हस्पिटालिटिबिच सम्झौता

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा खाता रहेका...

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

कति तोकेको छ राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर ?

काठमाडौ । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ ।आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेकोछ ।...

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

सिटिजन्स बैंकको १ खाता, १ रुख अभियान अन्तर्गत : विश्व वातावरण दिवसको उपलक्ष्यमा वृक्षारोपण

काठमाडौँ । विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लााइमेट...