back
CTIZAN AD

आगलागी पीडितलाई पक्की घर

वि.सं.२०८० असार २९ शुक्रवार

870 

shares

गोदावरी । कैलालीको कैलारी गाउँपालिका-७ विपतपुरका आगलागीपीडितले नयाँ पक्की घर पाएका छन् । आगलागीपीडितले नयाँ पक्की घर पाएपछि विपतपुर टोलका स्थानीय बासिन्दामा खुसीयाली छाएको छ ।

सुदूरपश्चिम प्रदेश सरकार र दातृ निकायको सहयोगमा विपतपुरका आगलागीपीडित २७ मुक्तकमैया परिवारका लागि नयाँ पक्की घर निर्माण गरिएका हुन् । अघिल्लो आर्थिक वर्षमा विपतपुर बस्तीमा आगालागीबाट २७ घर जलेर खरानी भएका थिए । घर जलेर नष्ट भएपछि एक वर्षदेखि उनीहरु पाल टाँगेर बस्दै आएका थिए ।

एक वर्षदेखि पाल टाँगेर छाप्रोमा बस्दै आएका उनीहरू अहिले पक्की घरमा सर्न पाउँदा खुसी छन् । नयाँ पक्की घरमा बस्न थालेपछि निकै सहज भएको विपतपुरका आगलागीपीडित राजकुमार चौधरीले बताए । उनले भने, “झुप्रामा बर्खामा सर्प-कीराको डर थियो । नयाँ पक्की घर पाएपछि सुरक्षित महसुस भएको छ ।”

रु एक करोड ८२ लाखको लागतमा घर निर्माण गरिएका हुन् । यसका लागि सुदूरपश्चिम प्रदेश सरकारले रु ९० लाख र ‘ह्याबिटेट फर ह्युमनिटी नेपाल’ नामक गैरसरकारी संस्थाले रु ५४ लाख लगानी गरेको बताइएको छ । घर निर्माणमा मुक्तकमैया परिवारले रु ३८ लाख बराबरको श्रमदान गरेका घर निर्माण समितिका अध्यक्ष हरिप्रसाद चौधरीले जानकारी दिए ।
रासस/फाइल फोटो

वि.सं.२०८० असार २९ शुक्रवार ११:१२ मा प्रकाशित

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

कञ्चनपुरमा ठूला योजनाः निर्माण गति सुस्त, प्रक्रियागत अल्झनमै समय खर्च

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशको विकासको ढोका खुल्ने आशा गरिएको कञ्चनपुरको...

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कृषि उत्पादन ‘पकेट’ क्षेत्र विकास गर्न पाँच करोड ५० लाख अनुदान

कैलाली । कैलालीका १३ वटै स्थानीय तहमा ‘एक स्थानीय तह...

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

कर्णाली । अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा...

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा...

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...