back
CTIZAN AD

पारिवारिक विधामा रहेर तयार गरिएको चलचित्र ‘बगान’ प्रदर्शनमा

वि.सं.२०८० असार २९ शुक्रवार

1.5K 

shares
काठमाडौँ । चलचित्र ‘बगान’ प्रदर्शन भएको छ । पूर्ण पारिवारिक विधामा रहेर तयार गरिएको चलचित्रमा एकल आमाको कथालाई देखाइएको निर्देशक सरोज खनालले जानकारी दिए ।
अभिनेताका रुपमा तीन दशकभन्दा लामो समय बिताइसकेका खनाल यही चलचित्रमार्फत निर्देशक बनेका हुन् । सामाजिक विषयलाई ठूलो पर्दामार्फत समाजमा पु¥याउनु सर्जकको दायित्व रहेको निर्देशक खनालले बताए । उनले भने, “एकल आमाले परिवारका सदस्य र समाजबाट के कस्तो अपेक्षा राख्दछन् भन्ने यसमा देखाएका छौँ, यसमा समस्यामात्र होइन समाधान पनि देखाउने कोसिस गरेका छौँ, त्यसैले स–परिवारले हेर्दा आफूलाई महसुस गर्नुहुनेछ ।”
उनले आफ्नै परिवारमा महसुस गरिरहेको कथालाई एउटा पुस्तकमा पाएपछि निर्देशक खनालले चलचित्रको स्वरूप दिएका हुन् । “म निर्देशकभन्दा पनि कथावाचक हुँ, यसमा एकल महिलाको कथा, समवेदना र शिक्षा महत्वलाई प्रस्तुत गरेको छु”, निर्देशक खनालले भने ।
चलचित्रमा निर्देशक खनालसँगै करिश्मा मानन्धर, नीर शाह, बसुन्धरा भुसाल, मिथिला शर्मा, प्रमिला कार्की, आकाश श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । स्वप्न नीरवको कथामा तयार भएको चलचित्रमा गौरीशङ्कर धुजुले छायाङ्कन निर्देशन, उत्सव दाहाल र नारायण जिसीले छायाङ्कन, सन्देश शाहले सम्पादन, समीर मियाँले भिएफएक्स तथा रेनिश फागोले रङ्ग संयोजन गरेका छन् । प्रदर्शनका लागि चलचित्रको वितरण रिच इन्टरटेन्मेन्ट र डिसिएनले काठमाडौँ उपत्यका तथा मोफसलमा एफडी कम्पनीले गरेको छ । तस्बिर: गुगल

वि.सं.२०८० असार २९ शुक्रवार १२:२८ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...