back
CTIZAN AD

शोककै बीचमा प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा चालिएका लोकप्रिय तीन कदम

वि.सं.२०८० साउन १ सोमवार

837 

shares

काठमाडौं । पत्नी वियोगले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले शोकमा छन् । गएको असार २८ गते उनकी पत्नी सिता दाहालको निधन भएको थियो । तर, शोकमै रहिरहँदा पनि प्रचण्ड नेतृत्वको सरकारले भने निकै लोकप्रिय कदमहरु चालेका छन् ।

सुशासन र सेवा प्रवाहको सन्दर्भमा प्रचण्ड नेतृत्वको सरकारले विशेषगरी तीन वटा महत्वपूर्ण कदमहरु चालेको छ ।

मिटरब्याजको कारण पीडित नागरिकले लामो समयदेखि आन्दोलन गर्दै आएका थिए । जसलाई सम्बोधन गर्न सरकारले विधेयक ल्याएको थियो । आइतबार बसेको प्रतिनिधिसभा बैठकले सरकारले ल्याएको ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८०’ सर्वसम्मतिले पारित गरेको छ । विधेयक पारित भएसँगै अनुचित आर्थिक लेनदेनमाथि फौजदारी कसुरअन्तर्गत अब कारबाही गर्न मिल्छ ।

यसैगरी, योबीचमा सरकारले साइबर क्राइम गर्नेहरुलाई धमाधम कानुनी कारबाही पनि अघि बढाएको छ । कानूनी दायराभन्दा बाहिर विभिन्न गतिविधि गर्नेहरु अहिले पक्राउ पर्न थालेका छन् । जसले साइबर क्राइमको बढ्दो जोखिमलाई कम गर्ने अपेक्षा गर्न सकिन्छ ।

सुशासनको सन्दर्भमा एकपछि अर्को कदम चालिरहेको सरकारले जनतालाई राहत दिनेगरी पेट्रोलियम पदार्थको मूल्य स्वचालित प्रणालीबाट तोक्ने व्यवस्था गरेको छ । नयाँ आर्थिक वर्षबाट लागु भएको यो व्यवस्थासँगै पेट्रोलियम पदार्थको मूल्य घटेको छ भने जनतालाई ठूलो राहत भएको छ ।

वि.सं.२०८० साउन १ सोमवार १७:०० मा प्रकाशित

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...