back
CTIZAN AD

युक्रेनको पूर्वमा भीषण लडाईं, खाद्यान्न सम्झौता सङ्कटमा

वि.सं.२०८० साउन १ सोमवार

690 

shares

इस्तानबुल  । युक्रेनलाई कालो सागरमार्फत आफ्नो अनाज निर्यात गर्न अनुमति दिने सम्झौता इस्तानबुलको स्थानीय समय अनुसार सोमबार राति ११ बजे समाप्त हुनेछ ।

रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले कीभको प्रतिआक्रमण असफल भएको बताएपनि आइतबार युक्रेनको पूर्वी क्षेत्रमा भीषण भिडन्त भएको कीभले जनाएको छ ।

टर्की र संयुक्त राष्ट्रसङ्घका अधिकारीहरूले जुलाई २०२२ मा इस्तानबुलमा पहिलो पटक हस्ताक्षर गरिएको सम्झौताको अर्को विस्तारमा सहमत हुन रूसलाई सहमत गराउने प्रयास गरिरहेका छन् ।

गत वर्ष सम्पन्न ब्ल्याक सी ग्रेन इनिसियटिभका कारण युक्रेनले चार करोड २० लाख टनभन्दा बढी युक्रेनी खाद्यान्नको निर्यात गर्न सफल भएको थियो ।

तर रूसले अहिलेसम्म सम्झौता नवीकरण गर्न नमानेका कारण उक्त यातायात ठप्प भएको हो ।

“सबै पक्षबाट आवेदन स्वीकृत भएको छैन,” सम्झौताको अनुगमन गर्ने संयुक्त समन्वय केन्द्र जेसीसी ले जारी गरेको विज्ञप्तिमा भनिएको छ । “जुन २७ यता कुनै पनि नयाँ पानीजहाजलाई सहभागी हुन स्वीकृति दिइएको छैन ।”

सम्झौतामा हस्ताक्षर गर्ने युक्रेन, रूस, टर्की र संयुक्त राष्ट्रसङ्घले अनुमति दिएको अन्तिम मालवाहक जहाज टर्कीको थोक क्यारियर टीक्यू सामसुन युक्रेनी बन्दरगाह ओडेसाबाट इस्तानबुलतर्फ कालो सागर पार गर्दै गएको मरिन ट्राफिक वेबसाइटले आइतबार अबेर राति जनाएको छ ।

शुक्रबार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआनले सम्झौता पुनः नवीकरण हुनेमा आशावादी रहेको बताएका थिए ।

तर आफू र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले यस विषयमा आँखा चिम्लेको भन्ने उाको दाबीको क्रेमलिनका प्रवक्ताले तुरुन्तै खण्डन गर्दै उनीहरूले त्यस्तो कुनै घोषणा नगरेको बताए।

रूसी खाद्यान्न र मलको निर्यातका लागि अनुमति दिने सम्झौताका तत्वहरूको सम्मान नगरिएको भन्दै पुटिनले सम्झौताबाट बाहिरिने चेतावनी दिँदै आएका छन्् ।

दक्षिण अफ्रिकी समकक्षी सिरिल रामाफोसासँगको टेलिफोन वार्तामा उनले भने, “सम्झौताको मुख्य लक्ष्य रहेको अफ्रिकी महाद्वीपलगायत खाँचोमा परेका देशहरूलाई खाद्यान्न आपूर्ति कार्यान्वयन हुन सकेको छैन ।”

जेसीसीको तथ्याङ्कअनुसार चीन र टर्की साथै विकसित अर्थव्यवस्थाहरू अनाज ढुवानीको मुख्य लाभार्थी हुन् ।

यस सम्झौताले विश्व खाद्य कार्यक्रमलाई अफगानिस्तान, सुडान र यमन जस्ता गम्भीर खाद्य अभावको सामना गरिरहेका देशहरूलाई राहत प्रदान गर्न मद्दत गरेको संयुक्त राष्ट्रसङ्घको बुझाइ छ ।

(रासस÷एएफपी )

वि.सं.२०८० साउन १ सोमवार १५:४८ मा प्रकाशित

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

मध्यपूर्वमा जारी सङ्कटले १९४ अर्ब डलरसम्मको आर्थिक क्षति हुनसक्ने राष्ट्रसङ्घको चेतावनी

बेरूत ।   मध्यपूर्वमा जारी सङ्कटले अरब मुलुकको अर्थतन्त्रमा १९४ अर्ब...

येन ४० वर्षयताकै कमजोर, विदेशी विनिमय बजारमा हस्तक्षेपको तयारीमा जापान

येन ४० वर्षयताकै कमजोर, विदेशी विनिमय बजारमा हस्तक्षेपको तयारीमा जापान

टोकियो । अमेरिकी डलरको तुलनामा जापानी मुद्रा येन ४० वर्षयताकै...

कङ्गोमा इबोला सङ्क्रमित एक हजार ३०७ पुगे, सामूहिक भेलामा रोक

कङ्गोमा इबोला सङ्क्रमित एक हजार ३०७ पुगे, सामूहिक भेलामा रोक

किन्शासा ।  प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआरसी)मा इबोला भाइरस सङ्क्रमितको सङ्ख्या...

युरोपमा बढ्दो तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित

युरोपमा बढ्दो तापक्रम, नौ करोड ५० लाखभन्दा बढी मानिस प्रभावित

पेरिस  । युरोपमा यस वर्षको ग्रीष्मयामको सुरुमै देखिएको तीव्र गर्मीको...

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

विश्वकप फुटबलः स्विडेनलाई पराजित गर्दैै फ्रान्स अन्तिम १६ मा

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा फ्रान्स...

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

फिफा विश्वकपः अन्तिम १६ मा ब्राजिल प्रवेश

काठमाडौँ । फिफा विश्वकप–२०२६ फुटबल प्रतियोगिताअन्तर्गत राउण्ड अफ ३२ को खेलमा...