back
CTIZAN AD

रामेछापको थानापति महादेव मन्दिरमा राखियो मन्दिर भन्दा अग्लो त्रिशुल

वि.सं.२०८० साउन १ सोमवार

1.7K 

shares

काठमाडौं । रामेछापको मन्थली नगरपालिका सुनारपानीस्थित मचवारीमा निर्माणधिन थानापति मन्दिरमा मन्दिर भन्दा अग्लो त्रिशुल अभिषेक गरिएको छ ।

नगरपालिकाका मेयर लव श्रेष्ठ र सोहि वडाका अध्यक्ष रविन कार्की ‘नविन’ तथा स्थानीयहरुको समेत उल्लेख्य सहभागितामा पन्चेबाजासहित शनिबार भगवान शिवको अश्त्र मानिने त्रिशुलको अभिषेक गरिएको हो ।

मन्थलीको वडा नं ९ को पुरानो गाउँमा रहेको थानापति मन्दिरको दोस्रो शक्तिपिठ थानापति मन्दिरमा ४४ केजी तामाबाट निर्माण गरिएको ३४ फिट अग्लो त्रिशुल राखिएको हो ।

त्रिशुल अभिषेकका क्रममा नगरप्रमुख श्रेष्ठले मन्दिरको संरचना राम्रो बनेकोमा खुसी व्यक्त गर्दै यसको आवस्यकतालाई मध्येनजर गर्दै नगरपालिकाले सहयोग गर्ने बताए ।

मेयर श्रेष्ठले मन्दिर निर्माणमा त्यहाँका स्थानीय तथा युवाहरुले देखाएको चासो र भूमिकाको प्रसंसा गर्दै मन्दिरको ऐतिहासिक महत्व रहेकोले व्यवस्थित तरिकाले मन्दिर संचालन गर्न आवस्यक पूर्वाधार निर्माणका लागि आवस्यक सहयोग गर्न प्रतिबद्धता व्यक्त गरे ।

उक्त अवसरमा वडा अध्यक्ष कार्कीले मन्दिरको पुर्ननिर्माण तथा नयाँ संरचना तयार भएपनि त्यसको संरक्षणका लागि तारबार, कम्पाउन्ड जाली, पुजारी कक्ष, भजन घर, मन्दिरमा पुग्ने सिढीलगायतका संरचना निर्माणको आवस्यकता रहेको भन्दै नगरप्रमुखकको ध्यानाकर्षण गराए । उनले मन्दिरको संरक्षणका साथै आन्तरिक तथा बाह्रय धार्मिक पर्यटकको आस्थाको केन्द्र बनाउनका लागि वडा र नगरको समन्वयमा मन्दिरको संवद्र्धन, प्रवद्र्धन र प्रचार–प्रसार गर्नुपर्ने दायित्व सबैको भएको बताए ।

विशेष गरी हिन्दु धर्मालम्बीहरुको आस्थाको केन्द्र मानिने उक्त थानापति महादेव मन्दिरमा हरितालिका तीज र एकादशीमा भव्य मेला लाग्दै आएको मन्दिर निर्माण व्यवस्थापन समितिका अध्यक्ष राजाराम बस्नेतले जानकारी दिए । बस्नेतले उक्त मन्दिरमा दर्शन गरेर पवित्र मनले मागेको कुरा पूरा हुने मान्यता रहि आएकोले मन्दिरको संरक्षमा सबैले महत्व दिनुपर्ने बताए ।

उक्त मन्दिरमा बोली नआएका बच्चाहरुका अभिभावकले पूजा गरेपछि धेरै बालबालिकको बोली आएको बस्नेतले बताए ।
२०७२ सालको विनाशकारी भूकम्पका कारण क्षति पुगेपछि २०७७÷०७८ मा शिलान्यास गरेर पुर्ननिर्माण गरिएको उक्त मन्दिर आकर्षक बनेको चम्पेश्वर महादेव थानापति श्रेष्ठ समुदायका संयोजक तथा स्थानीय सरोकार समितिका सदस्य पुर्ण बहादुर श्रेष्ठले बताए ।

उनले मन्दिर तयार भएपनि अझै धेरै संरचनाहरु तयार गर्नुपर्ने बताउँदै वडा र नगरले यसको विकासका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताए ।

उक्त मन्दिर सस्कृति, पर्यटन मन्त्रालय अन्तर्गतको पुरातत्व विभागले समेत ऐतिहासिक मन्दिरको सूचीमा राखेको छ ।

वि.सं.२०८० साउन १ सोमवार १८:०३ मा प्रकाशित

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

सरकारका आधिकारिक दस्तावेज मोबाइलबाट ‘स्क्यान’ नगर्न निर्देशन

काठमाडौँ । सरकारी कामकाजका आधिकारिक कागजात मोबाइल एप प्रयोग गरी...

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

विद्यालयबाट फर्किने क्रममा बेपत्ता बालिका खोलामा मृत भेटिइन्

घोडाघोडी (कैलाली) । कैलालीमा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी...

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

जलवायु उत्थानशीलता अभिवृद्धि गर्न नेपाललाई ८.५ मिलियन अमेरिकी डलर अनुदान

काठमाडौँ । हरित जलवायु कोष (जिसिएफ) बोर्डको ४५औँ बैठकले नेपालमा...

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

सिटिजन्स बैंकद्वारा बिश्रामपुर, बारामा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न 

काठ्माडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

मानुुषी लघुवित्तको साधारण सभा सम्पन्न मर्जर प्रस्ताव पारित

काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण...

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

प्रभु बैंक लिद्धारा त्रिभुवन विश्वविद्यालयलाई डिजिटल बोर्ड हस्तान्तरण

काठमाडौँ । काठमाण्डौ महानगरपालिका, वडा नं ११, बबरमहल स्थित प्रभु...