Logo
९ आश्विन २०८०, मंगलवार
     Tue Sep 26 2023
E-paper
  English Edition
   Unicode
Logo

सेवा विस्तारमा वर्ल्डलिन्क र डिस मिडिया सबैभन्दा आक्रामक



काठमाडौं । चार वर्ष अघिसम्म वर्ल्डलिन्क कम्यूनिकेशन्स र नेपाल दुरसञ्चार कम्पनीबीच इन्टरनेटको ग्राहक बनाउने विषयमा करिब प्रतिस्पर्धाको अवस्था देखिन्थ्यो । नेपाल दुरसञ्चार प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार २०७६ जेठसम्म वर्ल्डलिन्क कम्यूनिकेशन्सका इन्टरनेट प्रयोगकर्ता दुई लाख ९५ हजार थिए भने दुरसञ्चार कम्पनीका दुई लाख ३४ हजार थिए ।

तर, यो चार वर्षको बीचमा निजी क्षेत्रको वर्ल्डलिन्क कम्यूनिकेशन्स र सरकारी लगानीको दुरसञ्चारबीचको प्रतिस्पर्धा निकै दयनीय खालको देखिएको छ । चार वर्षपछि आउँदा वर्ल्डलिन्कको अगाडि दुरसञ्चारको अवस्था प्रतिस्पर्धीसमेत बन्न सकेन ।

चार वर्षको बीचमा वर्ल्डलिन्कले थप चार लाख ७६ हजार प्रयोगकर्ता बढाउँदै इन्टरनेटका प्रयोगकर्ता संख्या सात लाख ७१ हजार बढी बनाएको छ भने दुरसञ्चार कम्पनीले भने जम्मा ५३ हजार प्रयोगकर्ता थप्दै इन्टरनेट प्रयोगकर्ता संख्या दुई लाख ८७ हजार पुर्‍याएको छ । वर्ल्डलिन्कले दुई गुणा बढी प्रयोगकर्ता संख्या थप्दा दुरसञ्चारले भने १८ प्रतिशत पनि प्रयोगकर्ता बढाउन सकेन ।

चार वर्ष अघि दुई कम्पनीबीच प्रतिस्पर्धाको अवस्था थियो भने अहिले वर्ल्डलिन्कको अगाडि दुरसञ्चार निकै कमजोर कम्पनी देखिन्छ । इन्टरनेट प्रयोगकर्ता विस्तारको तथ्यांकलाई हेर्दा वर्ल्डलिन्ककाे प्रतिस्पर्धी दुरसञ्चार नभई अन्य कम्पनी बन्ने देखिन्छ ।

चार वर्षअघिसम्म दुरसञ्चार कम्पनीसँग प्रतिस्पर्धीको हैसियतमा नदेखिएका भायोनेट, सुविसु, डिस मिडिया, क्लासिक टेकलगायतका कम्पनी निकै बलियो गरी उदाएका छन् । केवल इन्टनेटमै अल्झिरहेको दुरसञ्चार कम्पनीभन्दा निजी क्षेत्रका कम्पनीहरु प्रविधिका हिसाबले पनि अगाडि देखिन्छन् ।

पछिल्लो तथ्यांकअनुसार पनि दुरसञ्चार कम्पनीका २२ प्रतिशतभन्दा बढी ग्राहक केवल इन्टरनेटमै निर्भर छन् । जुन अन्य कम्पनीमा भने निकै नगन्य देखिन्छन् । केवल इन्टरनेटलाई परम्परागत इन्टरनेटको रुपमा लिइन्छ ।

सेवा विस्तारमा डिस मिडिया सबैभन्दा अगाडि

अहिले इन्टरनेट प्रयोगकर्ताको हिसाबले वर्ल्डलिन्क सबैभन्दा अगाडि छ । संख्यात्मक हिसाबले तत्कालका लागि उसका प्रतिस्पर्धी कुनै पनि कम्पनी देखिन्नन् । तर, पछिल्लो समय आक्रामक बजार विस्तारको हिसाबले डिस होम मिडिया नेटवर्क अगाडि आएको छ ।

२०७७ बाट इन्टरनेट सेवाको क्षेत्रमा आएको यो कम्पनीले निकै आक्रामक बजार विस्तार गरेको देखिन्छ । नेपाल दुरसञ्चार प्राधिकरणको रिपोर्टअनुसार २०७८ वैशाखसम्म सात हजार मात्रै ग्राहक रहेको यस कम्पनीले दुई वर्षको बीचमा थप दुई लाख ३४ हजार ग्राहक थप्दै दुई लाख ४० हजार ग्राहक संख्या पुर्‍याएको छ ।

दुई वर्ष अघिको तुलनामा कम्पनीले बढाएको ग्राहक संख्या झण्डै ३५ गुणाले बढी हो । समग्र इन्टरनेट सेवा प्रदायकहरुमा यस कम्पनीको सेवा विस्तार सबैभन्दा बढी आक्रामक देखिन्छ ।

कुन कम्पनीको ग्राहक संख्या कति ?

वर्ल्डलिन्क कम्यूनिकेशन्स : सात लाख ७१ हजार

नेपाल दुरसञ्चार कम्पनी लिमिटेड : दुई लाख ८७ हजार

क्लासिक टेक प्रा.लि. : दुई लाख ७० हजार

भायोनेट कम्युनिकेसन : दुई लाख ६४ हजार

सुविसु केवल नेट : दुई लाख ६० हजार

डिस मिडिया नेटवर्क : दुई लाख ४० हजार

वेभ सफर नेपाल : एक लाख ४२ हजार

टिच माइण्ड नेटवर्क : एक लाख १५ हजार

पोखरा इन्टरनेट : एक लाख

सिजि कम्युनिकेशन : ४६ हजार


-->

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले चिकित्सकमाथि दुर्व्यवहार र आक्रमण गर्नेमाथि कडा कारबाही

काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा नाम मुछिएका पूर्वप्रधानमन्त्रीद्धय डा.

बेइजिङ । चीन, दक्षिण कोरिया र जापानका शीर्ष नेताबीच यथासक्य चाँडो शिखर वार्ता हुनेभएको

येरेभान । नागोर्नो काराबाखमा सोमबार इन्धन डिपो विष्फोट हुँदा २० जनाले ज्यान गुमाएका छन्

बेइजिङ । चीनका विदेशमन्त्री वाङ यीले आगामी नोभेम्बरमा संयुक्त राज्य अमेरिकामा हुने एशिया–प्रशान्त आर्थिक