back

कांग्रेस बैठक : गगन र विश्वप्रकाशमाथि आलोचनासँगै प्रश्नको चाङ्ग

वि.सं.२०८० साउन ५ शुक्रवार

51 

shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक जारी छ । चार दिनदेखि चलिरहेको बैठकमा नेताहरुले आफ्नो धारणा राखिरहेका छन् ।

भिडियो लाइभमार्फत प्रत्यक्ष प्रशारण भएको कारण बैठकमा बोल्ने नेताहरुको अभिव्यक्ति निकै शालिन र भद्र छ तर, नेताहरुले शीर्ष नेतृत्व तहलाई घोचपेच भने घुमाउरो शैलीमा गरिरहेका छन् । बैठकमा विशेषगरी सभापति शेरबहादुर देउवा पक्षीय नेताहरुले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको खुलेरै आलोचना गरेका छन् ।

बैठकमा बोल्दै केन्द्रीय सदस्य आरजु राणाले महामन्त्रीको प्रतिवेदन एनजिओको जस्तो भएको टिप्पणी गरिन् । उनले महामन्त्रीहरुमा राजनीतिक शैली नभएको समेत आरोप लगाइन् ।

“महामन्त्रीको प्रतिवेदनमा दूरगामी असर पर्ने, हाम्रो देशलाई हाँक्ने कुरा देखिनँ, म अच्चमित पनि भएँ, किन भने महामन्त्रीले ल्याउनुभएको प्रतिवेदन राजनीतिकभन्दा पनि एनजीओको जस्तो लाग्यो”, उनले भनेकी छिन्, “परिपक्कता भन्ने कुरा जिम्मेवारी तहमा हुनेमा हुनुपर्छ, त्यस्ता कुरा देखिएन ।”

अर्का केन्द्रीय सदस्य जीतजङ्ग बस्नेतले महामन्त्रीद्वयको कार्यशैलीमाथि प्रश्न उठाए । उनले आफ्नै सभापतिलाई खुल्याएर पुग्न खोजेको कहाँ हो भनि प्रश्न उठाए ।

“आफ्नै सभापतिलाई खुल्याउने ? आफ्नै नेतृत्वलाई खुल्याएर जान खोजेको कहाँ हो ? म ठूलो मान्छे हुन्छु भन्ने ठानेको हो ?”, महामन्त्रीद्वयमाथि लक्षित गर्दै उनले प्रश्न तेर्स्याएका छन् ।

नेता बस्नेतले नेमकिपालाई देखाउँदै त्यस्तै सानो पार्टी बनाउन खोजेको हो ? भनि महामन्त्रीद्वयमाथि प्रश्न तेस्र्याए । उनले सबैको साझा नेता बन्ने शैली विकास गर्न महामन्त्रीद्वयलाई सुझाए ।

अर्का धुव्र वाग्लेले महामन्त्रीद्वयलाई नै लक्षित गरी ‘आफ्नो फेस भ्यालू बढाउन’ पार्टीभित्र अराजकता ल्याएको आरोप लगाए । उनीहरुले सामाजिक सञ्जालबाट पार्टी विकास नहुने तर्क गरे ।

“आफ्नो फेस भ्यालु मात्रै बढाउने कि पार्टीलाई अगाडि लैजाने प्रश्न उठेको छ”, वाग्लेले भनेका छन्, “पार्टीलाई एकताबद्ध नबनाई अगाडि जाने अवस्था रहन्न ।”
अर्का नेता रमेश रिजालले महामन्त्रीको प्रतिवेदन व्यवस्थित नभएको बताए । नेताहरुलाई जिम्मेवारी दिने सन्दर्भमा तोकिएको कार्यतालिका व्यवहारिक नभएको उनको भनाई छ ।

“प्रतिवेदन अलि व्यवहारिक नभएको हो कि जस्तो देखिन्छ, नेताहरुलाई जिम्मेवारी दिने विषय मात्रै ठूलो होइन, कसरी जिम्मेवारी बहन गर्ने भन्ने पनि हुन्छ”, उनले भनेका छन्, “त्यतातिर महामन्त्रीको ध्यान नगएको हो कि भन्ने देखिन्छ ।”

उनले महामन्त्रीद्वयमाथि लक्षित गर्दै अनुशासनहिन भएको आरोप लगाए । “सभापतिलाई खुल्याउँदैमा म अगाडि बढ्छु भन्ने भ्रम देखियो, यस्ता भ्रमबाट मुक्त हुनुपर्ने देखिन्छ”, रिजालले भनेका छन्, “पार्टी भनेको त सबै मिलेर अगाडि बढ्ने विषय हो, तर यहाँ अभिभावकको भूमिका रहेका नेताहरुलाई अपमान गर्ने गरी व्यवहार गरिएको छ । यो सुहाएको छैन ।”

वि.सं.२०८० साउन ५ शुक्रवार १४:०७ मा प्रकाशित

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित गर्न क्यानसँग माग

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नियमित गर्न क्यानसँग माग

काठमाडौँ । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानलाई नियमित गराउन...

मनाङमा भारी हिमपात, जनजीवन कष्टकर बने पनि हिमपातले खेतीपातीलाई टेवा पुग्ने

मनाङमा भारी हिमपात, जनजीवन कष्टकर बने पनि हिमपातले खेतीपातीलाई टेवा पुग्ने

मनाङ । देशैभर मौसम प्रतिकूल रहेसँगै विकट जिल्ला मनाङमा भारी...

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु, महाधिवेशनको मिति तोकिने

एकीकृत समाजवादीको सचिवालय बैठक सुरु, महाधिवेशनको मिति तोकिने

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को ६९औँ केन्द्रीय सचिवालय बैठक...

बजेट अभावले बागलुङ-हर्मिचौर खण्डको काम सुस्त

बजेट अभावले बागलुङ-हर्मिचौर खण्डको काम सुस्त

बलेवा (बागलुङ) । बजेट अभावले कालीगण्डकी करिडोर आयोजना बागलुङ-हर्मिचौर खण्डको...

जलवायु परिवर्तनको असर न्यूनीकरण गरी हिमालय क्षेत्रका मानिसको जीवन सहज बनाउन राष्ट्रपति पौडेलको आग्रह

जलवायु परिवर्तनको असर न्यूनीकरण गरी हिमालय क्षेत्रका मानिसको जीवन सहज बनाउन राष्ट्रपति पौडेलको आग्रह

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरण गरी...

महिलाहरू आत्मनिर्भर बन्दा हिंसाबाट गुज्रिनु नपर्ने : महिला अटोचालक

महिलाहरू आत्मनिर्भर बन्दा हिंसाबाट गुज्रिनु नपर्ने : महिला अटोचालक

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को गैँडाकोट नगरपालिका-६ की...