back
CTIZAN AD

कांग्रेस बैठक : गगन र विश्वप्रकाशमाथि आलोचनासँगै प्रश्नको चाङ्ग

वि.सं.२०८० साउन ५ शुक्रवार

870 

shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक जारी छ । चार दिनदेखि चलिरहेको बैठकमा नेताहरुले आफ्नो धारणा राखिरहेका छन् ।

भिडियो लाइभमार्फत प्रत्यक्ष प्रशारण भएको कारण बैठकमा बोल्ने नेताहरुको अभिव्यक्ति निकै शालिन र भद्र छ तर, नेताहरुले शीर्ष नेतृत्व तहलाई घोचपेच भने घुमाउरो शैलीमा गरिरहेका छन् । बैठकमा विशेषगरी सभापति शेरबहादुर देउवा पक्षीय नेताहरुले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको खुलेरै आलोचना गरेका छन् ।

बैठकमा बोल्दै केन्द्रीय सदस्य आरजु राणाले महामन्त्रीको प्रतिवेदन एनजिओको जस्तो भएको टिप्पणी गरिन् । उनले महामन्त्रीहरुमा राजनीतिक शैली नभएको समेत आरोप लगाइन् ।

“महामन्त्रीको प्रतिवेदनमा दूरगामी असर पर्ने, हाम्रो देशलाई हाँक्ने कुरा देखिनँ, म अच्चमित पनि भएँ, किन भने महामन्त्रीले ल्याउनुभएको प्रतिवेदन राजनीतिकभन्दा पनि एनजीओको जस्तो लाग्यो”, उनले भनेकी छिन्, “परिपक्कता भन्ने कुरा जिम्मेवारी तहमा हुनेमा हुनुपर्छ, त्यस्ता कुरा देखिएन ।”

अर्का केन्द्रीय सदस्य जीतजङ्ग बस्नेतले महामन्त्रीद्वयको कार्यशैलीमाथि प्रश्न उठाए । उनले आफ्नै सभापतिलाई खुल्याएर पुग्न खोजेको कहाँ हो भनि प्रश्न उठाए ।

“आफ्नै सभापतिलाई खुल्याउने ? आफ्नै नेतृत्वलाई खुल्याएर जान खोजेको कहाँ हो ? म ठूलो मान्छे हुन्छु भन्ने ठानेको हो ?”, महामन्त्रीद्वयमाथि लक्षित गर्दै उनले प्रश्न तेर्स्याएका छन् ।

नेता बस्नेतले नेमकिपालाई देखाउँदै त्यस्तै सानो पार्टी बनाउन खोजेको हो ? भनि महामन्त्रीद्वयमाथि प्रश्न तेस्र्याए । उनले सबैको साझा नेता बन्ने शैली विकास गर्न महामन्त्रीद्वयलाई सुझाए ।

अर्का धुव्र वाग्लेले महामन्त्रीद्वयलाई नै लक्षित गरी ‘आफ्नो फेस भ्यालू बढाउन’ पार्टीभित्र अराजकता ल्याएको आरोप लगाए । उनीहरुले सामाजिक सञ्जालबाट पार्टी विकास नहुने तर्क गरे ।

“आफ्नो फेस भ्यालु मात्रै बढाउने कि पार्टीलाई अगाडि लैजाने प्रश्न उठेको छ”, वाग्लेले भनेका छन्, “पार्टीलाई एकताबद्ध नबनाई अगाडि जाने अवस्था रहन्न ।”
अर्का नेता रमेश रिजालले महामन्त्रीको प्रतिवेदन व्यवस्थित नभएको बताए । नेताहरुलाई जिम्मेवारी दिने सन्दर्भमा तोकिएको कार्यतालिका व्यवहारिक नभएको उनको भनाई छ ।

“प्रतिवेदन अलि व्यवहारिक नभएको हो कि जस्तो देखिन्छ, नेताहरुलाई जिम्मेवारी दिने विषय मात्रै ठूलो होइन, कसरी जिम्मेवारी बहन गर्ने भन्ने पनि हुन्छ”, उनले भनेका छन्, “त्यतातिर महामन्त्रीको ध्यान नगएको हो कि भन्ने देखिन्छ ।”

उनले महामन्त्रीद्वयमाथि लक्षित गर्दै अनुशासनहिन भएको आरोप लगाए । “सभापतिलाई खुल्याउँदैमा म अगाडि बढ्छु भन्ने भ्रम देखियो, यस्ता भ्रमबाट मुक्त हुनुपर्ने देखिन्छ”, रिजालले भनेका छन्, “पार्टी भनेको त सबै मिलेर अगाडि बढ्ने विषय हो, तर यहाँ अभिभावकको भूमिका रहेका नेताहरुलाई अपमान गर्ने गरी व्यवहार गरिएको छ । यो सुहाएको छैन ।”

वि.सं.२०८० साउन ५ शुक्रवार १४:०७ मा प्रकाशित

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

सञ्चारमन्त्री डा तिमिल्सिनाद्वारा ककनीका समस्याबारे जनप्रतिनिधिसँग छलफल

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य एवं...

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै

काठमाडौं । जापानमा हुने २० औं एसियाली खेलकुदको तयारी गर्न...

मन्त्री वादी र सांसद प्रसाईंबीच छलफल

मन्त्री वादी र सांसद प्रसाईंबीच छलफल

काठमाडौँ । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक...

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता

काठमाडौं। नेपाल प्रिमियर लिग ९एनपीएल० टोली सुदूरपश्चिम रोयल्स र मार्भल...

मिटरब्याजका फर्जी लिखत अवैध, पोखरा-भैरहवा उडानमा शुल्क छुट

मिटरब्याजका फर्जी लिखत अवैध, पोखरा-भैरहवा उडानमा शुल्क छुट

काठमाडौँ। सरकारले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने नियमित अन्तर्राष्ट्रिय...

अमेरिकी दूतावासको सुझाव – आफ्नो आवेदन आफैं भर्नुहोस्

अमेरिकी दूतावासको सुझाव – आफ्नो आवेदन आफैं भर्नुहोस्

काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले भिसा ठगीका घटनाप्रति सचेत रहन...