back
CTIZAN AD

प्रधानमन्त्री प्रचण्ड आज इटालीको रोम  जाँदै

वि.सं.२०८० साउन ६ शनिवार

885 

shares
काठमाडौँ । संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’  आज इटाली प्रस्थान जाँदै  छन् ।  नेपाली प्रतिनिधमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल  आज साँझ त्यसतर्फ प्रस्थान गर्न लागेको उनका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिएका छन् ।
संयुक्त राष्ट्र सङ्घको खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना हुने ‘युनाटेड नेशन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’मा प्रधानमन्त्री प्रचण्डले विशेष सम्बोधन  गर्ने कार्यक्रम छ । सो कार्यक्रम यही साउन ८ देखि १० गतेसम्म आयोजना हुँदै छ । प्रधानमन्त्री दाहालले यही साउन ८ गते सो कार्यक्रमको उद्घाटन शत्रमा सहभागी हुनेछन् । यस्तै, अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा उनले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सोही दिन नै प्रधानमन्त्री दाहाल विद्यालय भोजनको बारेमा आयोजना गरिएको छलफल सत्रमा सहभागी हुनेछन् भने साउन ९ गते खाद्य प्रणाली परिवर्तन र अभ्यासमा सन्दर्भमा आयोजना हुने छलफलसमेतमा सहभागी  हुने कार्यक्रम रहेको छ । भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्र सङ्घका उच्च अधिकारीसँग साइडलाइनमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक, विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषका अध्यक्षलगायतका संयुक्त राष्ट्रसङ्घीय अधिकारीसँग प्रधानमन्त्री दाहालले भेटवार्ता  गर्ने कार्यक्रम तय भएको छ ।
नेपालको खाद्य सुरक्षाका अलावा, नेपालले भोगिरहेको चुनौती एवं अन्तर्राष्ट्रिय सहयोगका बारेसमेतमा त्यस अवसरमा महत्त्वपूर्ण छलफल हुने कार्यक्रम छ । यस्तै, रोममा गैरआवासीय नेपाली सङ्घले आयोजना गर्ने अन्तरक्रियामा प्रधानमन्त्री प्रचण्ड सहभागी हुनेछन् । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको भ्रमण दलमा उहाँको स्वकीय सचिव एवं छोरी गङ्गा दाहाल, कृषि तथा पशुपंक्षी विकासमन्त्री डा बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउत, सुरक्षाकर्मी एवं सञ्चारकर्मीको सहभागिता छ । भ्रमण पूरा गरी प्रधानमन्त्री यही साउन १२ गते स्वदेश फर्कने कार्यक्रम छ ।

वि.सं.२०८० साउन ६ शनिवार ०७:२८ मा प्रकाशित

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद

काठमाडौँ । वर्तमान सरकारको नेतृत्व गरेपछि विदेशी राजदूतहरूसँग सामूहिक भेटवार्तालाई...

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

कालोबजारी गर्ने पेट्रोलपम्प र ग्यास डिलरको इजाजत खारेज गर्न निर्देशन

काठमाडौँ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

फलफूलको उत्पादन बढाउन किसानलाई अनुदान

दमौली (तनहुँ) । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि...

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...