back

कांग्रेस केन्द्रीय समितिको बैठक : ३४ जना केन्द्रीय सदस्यले राखे  धारणा

वि.सं.२०८० साउन ६ शनिवार

48 

shares
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा केन्द्रीय सदस्यले आफ्ना धारणा राख्ने क्रम जारी छ । पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टी केन्द्रीय कार्यालयमा यही साउन २ गतेदेखि जारी बैठकमा  शुक्रबार सम्म ३४ जना केन्द्रिय सदस्यले  बोलेका छन् ।
उनीहरुले विशेषगरी विभाग गठन, पार्टीको राष्ट्रिय अभियान घोषणा, अनुशासन समितिको प्रतिवेदन, समसामयिक राजनीतिक, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णय अनुमोदन, साङ्गठनिक कार्ययोजना र कार्यतालिका, नीति अधिवेशन, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन विषयको कार्यसूचिमाथि धारणा व्यक्त गर्नुभएको थियो । बैठकमा आज केन्द्रीय सदस्य गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, बलबहादुर केसी, ज्ञानेन्द्रबहादुर कार्की, रमेश रिजाल, डा नारायण खड्का, उमा रेग्मी, पद्मनारायण चौधरी, दिलेन्द्रप्रसाद बडू, आनन्दप्रसाद ढुङ्गाना, अजयकुमार चौरसिया, अम्बिका बस्नेत, पुष्पा भुसाल, शङ्कर भण्डारी, मीनबहादुर विश्वकर्माले आ–आफ्ना धारणा व्यक्त  गरे ।
यसैगरी बैठकमा केन्द्रीय सदस्य ईश्वरी न्यौपाने, सीता गुरुङ, मिनाक्षी झा, सुजाता परियार, गोविन्द भट्टराई, प्रदीप पौडेल, चिनकाजी श्रेष्ठ, रमेश लेखक, सरिता प्रसाई, लक्ष्मी परियार, ध्यानगोविन्द रञ्जित, अमृत अर्याल, धु्रव वाग्ले, गेहेन्द्र गिरी, डा आरजु राणा देउवा, जीतजङ्ग बस्नेत, राजीव ढुङ्गाना र अञ्जनी श्रेष्ठ र मैकुलाल बाल्मीकिले आफ्ना धारणा राखेको पार्टी कार्यालयले जनाएको छ । बैठकमा केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी रहेकाले अर्काे बैठक साउन ७ गते बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालयमा पुनः बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

वि.सं.२०८० साउन ६ शनिवार ०७:३२ मा प्रकाशित

टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा सूचीमा

टिकटक प्रतिबन्धसम्बन्धी रिट ‘हेर्न नभ्याउने’मा सूचीमा

काठमाडौैँ । टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको सर्वोच्च अदालतमा...

मुग्लिन–पोखरा सडकखण्ड नौ किलोमिटर एकतर्फी कालोपत्र सकियो

मुग्लिन–पोखरा सडकखण्ड नौ किलोमिटर एकतर्फी कालोपत्र सकियो

दमौली (तनहुँ) । मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत तनहुँको नौ किलोमिटर...

एनसेल बिक्री प्रकरण, गहिरो विश्लेषणपछि सरकार निष्कर्षमा पुग्ने  अर्थमन्त्री महतको भनाई

एनसेल बिक्री प्रकरण, गहिरो विश्लेषणपछि सरकार निष्कर्षमा पुग्ने अर्थमन्त्री महतको भनाई

त्रिवेणी (नवलपरासी) । अर्थमन्त्री डा प्रकाशशरण महतले एनसेल बिक्री प्रकरणमा...

ह्वात्तै घट्यो सुनको मूल्य, बजारमा कति छ त प्रतितोला ?

ह्वात्तै घट्यो सुनको मूल्य, बजारमा कति छ त प्रतितोला ?

काठमाडौँ । मंसिर लागेयता लागातार बढेर दिनकै नयाँ रेकर्डको गरेका...

पाटन अस्पतालले स्तन क्यान्सर सम्बन्धी औषधि निःशुल्क वितरण गर्ने

पाटन अस्पतालले स्तन क्यान्सर सम्बन्धी औषधि निःशुल्क वितरण गर्ने

ललितपुर । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पाटन अस्पतालले स्तन...

समयमै भुक्तानी नहुँदा बागलुङमा दर्जनभन्दा बढी आयोजना अलपत्र

समयमै भुक्तानी नहुँदा बागलुङमा दर्जनभन्दा बढी आयोजना अलपत्र

ढोरपाटन (बागलुङ) । समयमै भुक्तानी नहुँदा बागलुङमा साना तथा ठूला...