back
CTIZAN AD

सीपीसीका नेता काठमाडौंमा, नेपालका कम्युनिष्ट नेता जति विदेशमा

वि.सं.२०८० साउन ८ सोमवार

912 

shares

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)का पोलिटब्यूरो सदस्य युआन जियानको नेतृत्वको टोली आइतबार काठमाडौं ओर्लिएको छ । तीन दिने नेपाल भ्रमणका निम्ति आएको टोलीले राष्ट्रपति, प्रधानमन्त्रीदेखि सबैजसो दलका शीर्ष नेताहरुलाई भेटवार्ता गर्ने योजना बनाएको छ । टोलीले विशेषतः कम्युनिष्ट नेताहरुसँग छलफलको कार्यक्रम पनि बनाएको छ ।

सीपीसीको टोलीले काठमाडौं ओर्लिनै बित्तिकै आइतबार नै राष्ट्रपति रामचन्द्र पौडेल र कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्कासँग भेटवार्ता गरिसकेको छ । टोलीले आज कांग्रेस सभापति शेरबहादुुर देउवालगायतलाई भेट्ने कार्यक्रम छ ।

सीपीसीले नेपाल आउँदै गर्दा विशेषतः प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित मुख्य कम्युनिष्ट नेताहरुलाई भेट्ने तयारी गरेको थियो । तर, सीपीसीको टोली काठमाडौं आउँदै गर्दा प्रधानमन्त्री प्रचण्डसहित मुख्य नेताहरु नै स्वदेशमा छैनन् ।

प्रधानमन्त्री प्रचण्ड संयुक्त राष्ट्र संघको खाद्य प्रणालीसम्बन्धी शिखर सम्मेलनमा सहभागि हुन इटली गएका छन् । उनी आगामी शुक्रबार मात्रै स्वेदश फर्किँदैछन् ।

प्रचण्ड मात्रै होइन माओवादी केन्द्रका अन्य शीर्ष नेताहरु पनि अहिले स्वेदशमा छैनन् । सीपीसीका नेताहरु काठमाडौं ओर्लदैं गर्दा आइतबार नै पार्टी उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको टोली भारत भ्रमणमा निस्किएको छ । उक्त टोली पाँच दिनसम्म भारतमा रहनेछ ।

यता, प्रमुख प्रतिपक्षीको हैसियतमा रहेको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पनि अहिले स्वदेशमा छैनन् । ओली कम्बोडियाको भ्रमणमा निस्किएका छन् । उनी गत साउन ३ मा कम्बोडिया प्रस्थान गरेका थिए । ओली सोमबार साँझ आउने कार्यक्रम छ । ओलीसँग टोलीले मंगलबार भेट्न सक्ने बताइएको छ ।

सीपीसीका नेताहरु काठमाडौं आउँदै गर्दा अर्को कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि नेपालमा छैनन् । उनी आइतबार राति इण्डोनेसिया प्रस्थान गरेका छन् ।

योजनाबद्ध होइन संयोग बन्यो : पम्फा भुसाल

भारत भ्रमणमा निस्किएकी माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले सीपीसीका नेताहरुको भ्रमणका बीच नेपाली नेताहरुको विदेश भ्रमण संयोग मात्रै भएको बताएकी छिन् । उनले पूर्वनिर्धारित तालिकाअनुसार नै आफूहरु भ्रमणमा निस्किएको बताए ।

“सबै कार्यक्रम पूर्वनिर्धारित हो, अहिले जस्तो अवस्था बन्यो यो संयोग मात्रै हो”, भुसालले भनेकी छिन्, “अध्यक्ष ज्यू नभएको अवस्थामा कार्यबहाकको जिम्मेवारीमा अर्को नेता हुनुहुन्छ, भेटवार्ता कार्यबहाकले गर्नुहुन्छ, कतिपय आवश्यक सन्दर्भमा जुम मिटिङ्गमार्फत पनि छलफल हुनसक्छ, तर यसलाई ठूलो विषय बनाएर अपव्याख्या गरिनु हुन्न ।”

वि.सं.२०८० साउन ८ सोमवार १३:५४ मा प्रकाशित

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

विपद्का बेला मानवीय उद्धारको नेतृत्व गर्दै सशस्त्र प्रहरी

काठमाडौँ । गोरखाको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेशबाबु थापालाई कुनै...

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

चौबिस घण्टामा ट्राफिक प्रहरीद्वारा तीन हजार बढीलाई कारबाही

काठमाडौँ । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाका अवधिमा काठमाडाँै उपत्यकामा...

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

जाजरकोट आगलागीः उपचाररत एक महिलाको काठमाडौँमा मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते...

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

तेइस लाख बालकालिकालाई भिटामिन ‘ए’ खुवाइयो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सञ्चालन गरेको राष्ट्रिय भिटामिन...

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय...

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री शाहले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्री डा स्वर्णिम वाग्लेसहित राष्ट्रिय...