back
CTIZAN AD

बाँझो जमिनको सदुपयोग गरेर पालिकाद्धारा नै स्थानीयवासीलाई रोजगारी

वि.सं.२०८० साउन ९ मंगलवार

675 

shares

ढोरपाटन । गाउँ रित्तिदै गएका छन् । युवा शक्ति विदेश पलायन भएपछि घरमा महिला, बालबालिका र वृद्धवृद्धा मात्र छन् । खेतीयोग्य जमिन वनमाराले ढाकिँदै गएको छ । आयआर्जन भएपछि बसाइँसराइ गर्नेको सङ्ख्या पनि ह्वात्तै बढेको छ ।

स्थानीयवासीलाई गाउँमै रोक्नका लागि बागलुङको तमानखोला गाउँपालिकाले गुणस्तरीय सेवा सुविधासहित रोजगार सिर्जाना गर्न थालेको छ । गाउँपालिकाले अघिल्लो आर्थिक वर्षदेखि बाँझो जमिनको सदुपयोग गरी स्थानीयवासीलाई गाउँमै रोजगार दिन तथा उनीहरुको आयआर्जन बढाउन फलफूलखेती तथा काठजन्य बिरुवा उत्पादनमा जोड दिन थालेको छ ।

अघिल्लो आवमा तमानखोला–४ मा एक हजार पाँच सय फलफूलका बिरुवा लगाइएकामा आव २०७९÷८० मा १० हजार बिरुवा लगाइएको छ । तमानखोला–५ को खुङ्खानीलगायत गाउँमा पनि फलफूल खेती गर्न थालिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताए । थोरै मेहनतबाट धेरै उत्पादन दिने ओखर, स्याउ, उन्नत प्रजातिका आरु, किबी, बयर तथा उत्तिस र किम्मुका बिरुवा लगाइएका छन् ।

गाउँका हरेक नागरकिलाई व्यावसायिक बनाउन फलफूल खेतीमा जोड दिएको अध्यक्ष बुढा मगरले बताए । किसानलाई फलफूल खेतीतर्फ आकर्षित गर्ने गरी ५० प्रतिशत अनुदानमा फलफूलका बिरुवा उपलब्ध गराइएको छ । गाउँपालिकाले बसाइँसराइ रोक्न र गाउँमै रोजगार सिर्जना गर्नका लागि फलफूल खेतीलाई जोड दिएको उनी बताउँछन् ।

“पहिला गरी खान ठाउँको अभाव हुन्थ्यो, अहिले ठाउँ खाली छ, गरी खाने मान्छे छैनन्, अब खाली जग्गाको सदुपयोग गरी स्थानीयवासीलाई स्वरोजगार बनाउने उद्देश्य छ,” अध्यक्ष बुढा मगरले भने– “पालिकाभरि फलफूल खेती गर्ने योजना छ, किसानलाई अनुदानमा बिरुवा उपलब्ध गराइएको छ ।”

व्यवसाय दर्ता गरेर कृषि कर्म गरिरहेका ४० किसानले फलफूलका बिरुवा व्यावसायिकरूपमा उत्पादन गर्ने गरी बारीमा लगाएका छन् । कृषि प्राविधिकद्वारा माटो परीक्षण गरी बाँझो जमिनमा बिरुवा लगाइएको हो । अघिल्लो वर्ष हिउँदे र बर्खे गरी दुई याममा बिरुवा उपलब्ध गराउने गरी पालिकाले बजेट विनियोजन गरेको थियो ।

 

वि.सं.२०८० साउन ९ मंगलवार १३:५३ मा प्रकाशित

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

राष्ट्रियसभा बैठक : जातीय भेद्भाव हटाउन माग

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले जातीय भेद्भाव हटाउन, स्वास्थ्य बिमा कार्यक्रमलाई...

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री एवम् नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेललाई...

असार १५: जुजु धौको माग उच्च

असार १५: जुजु धौको माग उच्च

काठमाडौँ । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको...

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

धानका बिरुवासँग किसानका सपना जोडिएका हुन्छन् : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले खेतमा रोपिएको प्रत्येक...

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा र हितमा काम गर्न सेबोन अध्यक्ष भट्टलाई अर्थमन्त्रीको निर्देशन

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्ड (सेबोन)का...

बुद्धिमान वृद्धको उत्तर

बुद्धिमान वृद्धको उत्तर

एक दिन एउटा गाउँमा निकै बुद्धिमान वृद्ध बस्थे। टाढा–टाढाबाट मानिसहरू...