back
CTIZAN AD

प्राङ्गारिक प्रदेश निर्माण अभियानमा जोड दिदै रैथानेबाली संरक्षण गर्नेतर्फ कर्णाली प्रदेश

वि.सं.२०८० साउन ११ बिहीवार

675 

shares

कर्णाली । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री भीमप्रकाश शर्माले कर्णालीवासीको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन् । मन्त्रालयद्वारा आज वीरेन्द्रनगर सुर्खेतमा आयोजित आव २०७९÷८० को मन्त्रालयस्तरीय वार्षिक प्रगति समीक्षा गोष्ठीमा उनले नागरिकको प्रत्यक्ष जीवनसँग जोडिएको कृषि क्षेत्रमा परिणाम आउने गरी काममा लाग्न कार्यालय प्रमुखलगायत कर्मचारीलाई सुझाए ।

उनले भने, “गत आर्थिक वर्षमा भएका कमजोरीलाई सिकाइका रुपमा लिएर प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको तयारीमा लाग्नुस् । अब छिट्टै बजेट अख्तियारी आउँछ ।”कर्णाली प्रदेश सरकारले लिएको समृद्धि तथा प्राङ्गारिक प्रदेश निर्माणको अभियानमा जोड दिन आग्रह गर्दै उनले रैथानेबाली उत्पादनको दिगो विकास तथा प्रवद्र्धनका कार्यक्रम लागू गर्नेतर्फ गम्भीर भएर लाग्न महाशाखा, निर्देशनालय र दशवटै जिल्लाका प्रमुखलाई सुझाए । उनले मन्त्रालयको गत आवको ७६ प्रतिशत वार्षिक प्रगतिलाई आगामी वर्ष बढाउने लक्ष्यका साथ कार्यमा जुट्न अनुरोध गरे ।

मन्त्रालयका सचिव नरहरिप्रसाद घिमिरेले समीक्षाले सिकाएको पाठलाई आधार बनाएर चालु आव २०८०÷८१ लाई नतिजामुखी बनाउन अहिले नै विशेष कार्ययोजना बनाउन मातहतका कर्मचारीलाई सुझाव दिए । कामलाई सहज बनाउन परिस्कृत कार्यविधि बनाइने र सो कार्यान्वनयनका लागि स्पष्ट परिपत्र गरिने सचिव घिमिरेको भनाइ थियो ।

समीक्षामा कृषि विकास निर्देशनालयका निर्देशक चित्रबहादुर रोकाय, सहरकारी रजिष्ट्रार कार्यालयका रजिष्ट्रार खुमप्रसाद सुवेदी, पशुपक्षी निर्देशनालयका निर्देशक कृष्णप्रसाद रिजाल, कृषि तथा पशुपक्षी व्यवसाय प्रवद्र्धन प्रशिक्षण केन्द्रका प्रमुख पदमबहादुर सुवेदी र एकीकृत कृषि प्रयोगशालाका प्रमुख परशुराम रावतले आव२०७९÷८० को वार्षिक प्रगति, समस्या÷चुनौती र समाधानका लागि गरिएका प्रयास समेटिएको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

उक्त गोष्ठीमा योजना महाशाखाका प्रमुख राजु भुज, कृषि विकास महाशाखा प्रमुख धनबहादुर कठायत, प्रशासन तथा सहकारी महाशाखाका प्रमुख राजेन्द्र पौडेल र पशुपक्षी विकास महाशाखाका प्रमुख प्रचण्ड खड्का क्षेत्रीले मातहतका कर्मचारीलाई आफ्नो कार्यसम्पादनमा दत्तचित्र भएर लाग्न र अभिलेखीकरणमा ध्यान दिन सुझाएका थिए ।

 

वि.सं.२०८० साउन ११ बिहीवार १४:०३ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...