back
CTIZAN AD

वैदेशिक रोजगारीका लागि विभिन्न देश पुगेका रोल्पाका ३९ युवाले ज्यान गुमाए

वि.सं.२०८० साउन ११ बिहीवार

801 

shares

रोल्पा । यहाँका ३९ जनाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका छन् । जिल्ला प्रशासन कार्यालयको आप्रवासी सूचना केन्द्रको अभिलेखअनुसार तीन वर्षको अवधिमा ३९ जनाको मृत्यु भएको हो ।

सूचना केन्द्रमा प्राप्त मुद्दाका आधारमा मृत्युको सङ्ख्या अद्यावधिक गरिए पनि वास्तविक मृत्यु योभन्दा धेरै हुनसक्ने सूचना केन्द्रका कर्मचारी स्मृति रोकामगरले बताइन् । यस अवधिमा सबैभन्दा धेरै ज्यान गुमाउने परिवर्तन गाउँपालिकाका छन् । कम ज्यान गुमाउनेको सङ्ख्या थवाङ र माडी गाउँपालिकामा छ ।

परिवर्तन गाउँपालिकाबाट यस अवधिमा आठ जनाले ज्यान गुमाएको अभिलेखमा उल्लेख छ । यसैगरी थवाङ र माडी गाउँपालिकाबाट यस अवधिमा एक/एक जनाले ज्यान गुमाएका छन् । वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाउने अन्य पालिकामा रोल्पा नगरपालिका र रुन्टीगढी गाउँपालिकाबाट छ/छ जना, सुनिलस्मृति गाउँपालिकाबाट पाँच, लुङ्ग्री गाउँपालिकाबाट चार जनाले ज्यान गुमाएका छन् । यसैगरी त्रिवेणी र गङ्गोदव गाउँपालिकाबाट तीन/तीन जना र सुनछहरी गाउँपालिकाबाट दुई जनाले ज्यान गुमाएका छन् ।

रोजगारदाता राष्ट्रका आधारमा सबैभन्दा धेरै साउदी अरबमा २० जनाले ज्यान गुमाएका छन् । यसैगरी मलेशियामा सात, कतार र युएईमा तीन÷तीन, कुवेतमा दुई तथा अल्जेरिया, क्रोसिया, शिसालिसलगायत देशमा एक/एक जनाले ज्यान गुमाएका छन् ।

वैदेशिक रोजगारीमा जानेका लागि परामर्श सेवा दिन जिल्ला प्रशासन कार्यालयमा सुरक्षित वैदेशिक रोजगारीका लागि आप्रवासी स्रोतकेन्द्र स्थापना गरिएको छ । हेल्भेटासको सहयोगमा स्थानीय गैरसरकारी संस्था विकास सरोकार समाजले जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी उक्त स्रोतकेन्द्र स्थापना गरेको हो । रासस

 

वि.सं.२०८० साउन ११ बिहीवार १४:२१ मा प्रकाशित

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

NPCI इन्टरनेसनल मार्फत भारत र नेपालबीच डिजिटल भुक्तानी कनेक्टिभिटी थप सुदृढ बन्दै

काठमाडाैँ । नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय...