back

निर्वाचन विरोधी गतिविधि गर्ने २३ जना नियन्त्रित

वि.सं.२०७४ वैशाख ७ बिहीवार

501 

shares
IME Limited
NTC AD

७ वैशाख,चितवन  । नेपाल कम्युनिस्ट पार्टीले भरतपुरमा आयोजना गरेको निर्वाचन विरोधी सभामा प्रहरीले हस्तक्षेप गरी २३ जनालाई नियन्त्रणमा लिएको छ ।
कार्यक्रमका वक्ता पार्टी स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले निर्वाचन विथोल्ने अभिव्यक्ति दिएलगत्तै प्रहरीले सभामा सहभागी हुन आएकालाई तितरवितर पारेको थियो ।

सभा बिथोल्ने क्रममा पार्टी भरतपुर महानगरपालिका–२५ का एरिया सेक्रेटरी कृष्णप्रसाद पौडेल घाइते हुनुभएको छ । पार्टीले ठाउँ ठाउँमा टायर बाल्न थालेपछि रिजालचोकबाट सात, त्रिचोकबाट नौ, चौविसकोठीबाट चार तथा हाकिमचोक र विमानस्थलका बीचबाट तीन जना जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिनुभयो ।

निर्वाचन विरोधी गतिविधि गर्ने जो कोहीलाई पनि नियन्त्रणमा लिइने उहाँले बताउनुभयो । प्रहरीले भरतपुर क्षेत्रमा सुरक्षा व्यवस्था निकै कडा परेको छ । रासस

वि.सं.२०७४ वैशाख ७ बिहीवार १६:०० मा प्रकाशित

आहा ! ढोरपाटन

आहा ! ढोरपाटन

ढोरपाटन । यतिबेला ढोरपाटन उपत्यकामा ढकमक्क फूलेका वनफूलले ढाकिएको छ...

स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा

स्वास्थ्यको समान पहुँच पुर्याउन कालीगण्डकीमा निःशुल्क स्वास्थ्य बिमा

वालिङ (स्याङ्जा) । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकको निःशुल्क...

महानगरका वडाहरुमा महिला सक्रियता बढ्दै

महानगरका वडाहरुमा महिला सक्रियता बढ्दै

काठमाडौँ । देशको राजधानीसमेत रहेको काठमाण्डौ महानगरभित्र माओवादी निकट महिलाहरु...

मौद्रिक नीति सकारात्मक : सिबिफिन

मौद्रिक नीति सकारात्मक : सिबिफिन

काठमाडौँ । दिगो, दर्बिलो, र वास्तविक अर्थतन्त्रको निर्माणका लागि मौद्रिक...

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड (पूर्णपाठ)

काठमाडौं महानगरको बजेट २५ अर्ब ७६ करोड (पूर्णपाठ)

काठमाडौं । काठमाडौं महानगरपालिकाले २५ अर्ब ७६ करोड ४३ लाख...

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

चर्चित झाँक्री प्रकाश भुजेलद्वारा नवग्रह मन्दिर दर्शन

स्याङ्जा । नेपाल तान्त्रिक झाँक्री संघका अध्यक्ष धर्मगुरु प्रकाश भुजेलले...