back
CTIZAN AD

हाब्रेको संरक्षणका लागि निकुञ्जमा गोलघर

वि.सं.२०७४ वैशाख ८ शुक्रवार

852 

shares

८ चैत, रसुवा । वन तथा भूसंरक्षणमन्त्री शङ्कर भण्डारीले लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयको परिसरमा निर्माण गरिएको ‘लाङटाङ’ गोलघरको विहिबार धुन्चेमा उद्घाटन गर्नुभएको छ ।

लाङ्टाङ क्षेत्र सरोकार समाज (लाकोस) को सहयोगमा रातो हाब्रेको संरक्षणका लागि २२ औँ वन्यजन्तु सप्ताह एवम् पाँचौँ लाङटाङ पर्यटन तथा संरक्षण महोत्सवअन्तर्गत यही वैशाख १ गतेदेखि साताव्यापी रुपमा सञ्चालित भलिबल प्रतियोगिताको समापनका लागि यहाँ आइपुग्नुभएका उहाँले निकुञ्ज कार्यालयको निरीक्षणका साथ जैविक विविधता संरक्षणमा भइराखेका प्रयास, आइपर्ने समस्या र मन्त्रालयबाट हुनुपर्ने सहयोगका बारेमा जानकारी लिनुभएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत युवराज रेग्मीले जानकारी दिनुभयो ।

रु आठ लाखको लागतमा निर्माण भएको गोलघरमा वन्यजन्तु र पक्षीका चित्र राखिएका छन् । निकुञ्जअन्तर्गत उच्च भागमा पाइने रातो हाब्रेलगायत विविध प्रकारका जीवजन्तु, वनस्पति, जैविक विविधता संरक्षणमा युवाको जागरण बढ्दै गएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो ।

कार्यक्रममा निकुञ्जको मध्यवर्ती क्षेत्रका अध्यक्ष तेम्बानुर्बु तामाङ, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक मनबहादुर खड्का, जिल्लास्थित विभिन्न राजनीतिक दलका प्रतिनिधिलगायतको सहभागिता थियो ।

वि.सं.२०७४ वैशाख ८ शुक्रवार ०३:०७ मा प्रकाशित

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

नयाँ बसपार्कमा यात्रुलाई सास्ती दिने २३ जना पक्राउ

काठमाडौँ । ट्राफिक प्रहरीले गोँगबुस्थित नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी...

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

दुर्घटना अपडेटः फोर्स गाडी कर्णालीमा डुब्दा उद्धारमा कठिनाइ

कर्णाली । कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटनाग्रस्त यात्रुवाहक फोर्स गाडी...

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

सरकारका १०० दिनः शासकीय सुधारसम्बन्धी सञ्चारअन्तर्गत सम्पन्न भएका कार्य

काठमाडौँ । सरकारले अघि सारेको ‘शासकीय सुधारसम्बन्धी १०० कार्यसूची’ कार्यान्वयन...

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

कर्णालीमा खसेको गाडीमा १४ जना सवार रहेको अनुमान

दैलेख । कर्णाली राजमार्गअन्तर्गत दैलेखको चामुन्डा विन्द्रासैनी नगरपालिका–७ सांगेतडामा दुर्घटनामा...

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

हुम्लामा सहुलियतको चामल बिक्री सुरु

सिमकोट (हुम्ला) । यहाँस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा...