back
CTIZAN AD

अमेरिकाका कांग्रेस समर्थकहरु मनासासमा भेला हुँदै

वि.सं.२०७४ वैशाख ८ शुक्रवार

903 

shares

janasampar-samiti-usa
नेपाली कांग्रेसको प्रवासस्थित भातृ संगठन नेपाली जनसम्पर्क समिति अमेरिकाको पहिलो वार्षिक साधारण सभा भर्जिनियाको मनासास शहरमा हुन लागेको छ । अप्रिल २२ ताखिरमा हुने उक्त सभाका लागि पार्टी सभापति शेरबहादुर देउवाको शुभकामना सन्देश प्राप्त भैसकेको  समितिका अध्यक्ष आनन्द विष्टले बताएका छन् । प्रेस वक्तव्य जारी गर्दै अध्यक्ष विष्टले सभा भव्यताका साथ सम्पन्न गर्न नेपाली जनसम्पर्क समिति भर्जिनिया च्याप्टरका सभापति रामशरण हुमागाईको संयोजकत्वमा गठित व्यवस्थापन समिति, साधारणसभा मूल समिति लगायत खटिएको जानकारी गराइएको छ । कार्यसमिति पदाधिकारीभित्रै विवाद सिर्जना भएपछि सक्रिय हुन नसकेको जनसम्पर्क समिति अमेरिकाले साधारणसभामा यसबारेमा पनि छलफल गर्ने बताइएको छ ।

थप जानकारीका लागि प्रेस विज्ञप्ती हेर्नुहोस्

अप्रिल २०, २०१७
प्रेस विज्ञप्ति

यस नेपाली जनसम्पर्क समिति,अमेरिकाको पहिलो वार्षिक साधारण सभा यही अप्रिल २२ तारिख शनिवार भर्जिनियाको मनासास शहरमा हुन लागेको जानकारी गराउदछौं। साधारण सभा सफलताको शुभकामना सहित मातृपार्टी नेपाली कांग्रेसका सभापति आदरणीय शेरबहादुर देउवाज्यूको शुभकामना सन्देश प्राप्त भैसकेको छ । साधारण सभा भव्यतापूर्वक सम्पन्न गर्नका लागि भर्जिनिया च्याप्टरका सभापति रामशरण हुमागाईंको संयोजकत्वमा गठित स्थानीय व्यवस्थापन समितिका सबै साथीहरु,साधारण सभा मूल समितिका संयोजक समितिका उपसभापति केशब बराल र अन्य साथीहरु अहोरात्र खटिरहनु भएको छ । होटल व्यवस्थापन,खाना व्यवस्थापन, सांस्कृतिक कार्यक्रम व्यवस्थापन, समितिको विधान संशोधन मस्यौदा निर्माण,आन्तरिक दस्तावेजको तयारीलगायतका कार्यहरु अधिकांश पुरा भएको छ ।साधारण सभामा सहभागीहरुको सुविधालाई ध्यानमा राखी मूल समितिले अनलाईन रजिष्ट्रेशन समेतको व्यवस्था गरेको छ ।

नेपाली जनसम्पर्क समिति,अमेरिकाको सांगठनिक इतिहासमा आसन्न साधारण सभा एक महत्वपूर्ण थलो हुनेछ । यसले हाम्रा आन्तरिक विषयहरुलाई के कसरी समेट्ने र संगठनको भावी दिशालाई कसरी अघि बढाउने भन्ने मार्ग समेत तय गर्नेछ । यसै महत्वलाई बुझेर नै साधारण सभामा समितिका सबै तहका सदस्यहरु सहभागी हुन पाउने निर्णय गर्दै केन्द्रीय समितिले सबैलाई सहभागिताको लागि आव्हान समेत गरिसकेको छ । केन्द्रीय समिति बैठकले साधारण सभाको बन्द सत्रमा सन् २०१४ को नोभेम्वरमा टेक्सासमा भएको समितिको एकताको दोश्रो अधिवेशनमा सहभागी भएका र अधिवेशनका लागि चुनिएका सबै च्याप्टरका केन्द्रीय प्रतिनिधि,अमेरिकामा रहेका नेपाली काँग्रेसका अग्रज तथा जनसंपर्क समितिका सल्लाहकारहरू,विगतमा संस्थाको केन्द्र र च्याप्टरको पदीय जिम्मेवारीमा भएका सबै लगायत अमेरिकामा रहेका कांग्रेसका क्रियाशील तथा साधारण सदस्यहरुलाई सहभागी गराउने निर्णय गरेको छ ।

केन्द्रीय समितिले आगामी सेप्टेम्वर महिनाभित्र समितिका सबै च्याप्टरहरुको अधिवेशन सम्पन्न गर्ने र केन्द्रीय अधिवेशनको मिति समेत तय गर्ने गरी निर्णय गरिसकेको छ । यही साधारण सभाको म्यान्डेटलाई आधार बनाएर संगठनको भावी स्वरुपको खाका कोरिनेछ ।यसलाई मातृपार्टी नेपाली कांग्रेसको महासमिति भेलाको हैसियतमा सबैले बुझिदिनु हुनेछ भन्ने हामीलाई लागेको छ ।

साधारण सभाले समितिको हालसम्मको कोषाध्यक्षको आर्थिक प्रतिवेदन,महासचिवको सांगठनिक प्रतिवेदन र सभापतिको राजनीतिक प्रतिवेदन समेत छलफल गरी पारित गर्नेछ । साथै समितिको विद्यमान विधानमा देखिएका अप्ठ्यारा र कमी कमजोरीहरुलाई आवश्यक छलफल पश्चात कानुन अनुसार नबाझिने गरी संशोधन गरिनेछ ।

आसन्न साधारण सभा संगठनलाई थप सशक्त र प्रभावकारी बनाउदै अमेरिकाको नेपाली समुदायको हितमा निरन्तर क्रियाशील रही सामाजिक काम गर्न नीति तथा कार्यक्रम तय गर्ने थलो भएको हुनाले हामीले सबै सदस्यलाई सहभागी गराई सामुहिक छलफल गरी अघि बढ्ने निर्णय गरेका छौं । संगठन निर्माणको यस अभियानमा हामी समितिका सबै सदस्य र शुभेच्छुकहरुलाई साधारण सभामा सहभागिताका लागि हार्दिक अनुरोध गर्दछौं ।

साथै संचारकर्मी मित्रहरु,समितिका शुभेच्छुकहरु सबैसंग साधारण सभा सफल बनाउन सदाझैं निरन्तर सहयोगको अपेक्षा गर्दछौं ।
धन्यवाद, जय नेपाल ।

आनन्द विष्ट
सभापति एवं
नेपाली जनसम्पर्क समिति,अमेरिका, केन्द्रीय समिति परिवार |

 

 

वि.सं.२०७४ वैशाख ८ शुक्रवार ०३:३१ मा प्रकाशित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

महिला समाज कतारको अध्यक्षमा शुष्मा खतिवडा निर्वाचित

दोहा । नेपाली महिला समाज कतारको १५औँ स्थापना दिवस तथा...

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...