काठमाडाैं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिको चौथो बैठक सुरु भएको छ। काठमाडौंको प्रज्ञा प्रतिष्ठानको सभा कक्षमा बुधवार दिउँसो बैठक शुरू भएको हो ।
पछिल्लो विकसित राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न भन्दै बैठक बसेकाे हाे । बैठकको पहिलो कार्यसूचीमा श्रद्धाञ्जली व्यक्त, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सम्बोधन (राजनीतिक र सांगठनिक प्रतिवेदन), विधान संशोधन प्रस्ताव, सांगठनात्मक कार्य (अभियान र कार्यविभाजन लगायत) रहेको महासचिव देव गुरुङले जानकारी दिएका छन् ।
माओवादीले विधान संशोधनमार्फत केन्द्रीय सदस्यको संख्या बढाउने प्रस्ताव आजको बैठकबाट निर्णय गर्दैछ ।
बैठकमा केन्द्रीय समितिमा ३८५ जना सदस्य, वैकल्पिक केन्द्रीय सदस्य १९६ जना, माओवादी केन्द्रले निर्धारण गरेको १० प्रदेशका पदाधिकारी ९० जना, तीन वटा आयोग (अनुशासन, लेखा र निर्वाचन) का ४१ जना सदस्यहरु सहभागी भएको गुरुङले बताए।
वि.सं.२०८० साउन १७ बुधवार १३:४६ मा प्रकाशित






























