back
CTIZAN AD

एनआरएनए माल्टाको अध्यक्षमा रेमलाल खनाल (रेम्स)निर्वाचित

वि.सं.२०८० साउन १७ बुधवार

1.1K 

shares

माल्टा । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) माल्टाको अध्यक्षमा रेमलाल खनाल (रेम्स) विजयी भएका छन् ।

परिषद्को ३० जुलाईमा सम्पन्न तेस्रो राष्ट्रिय महाधिवेशनले खनालको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

२०२३–२०२५ का लागि निर्वाचित नयाँ कार्यसमितिको उपाध्यक्षहरुमा मधु गुरुङ, प्रेम लिम्बू, त्यनारायण झा, प्रकाश थापा, महिला उपाध्यक्षमा सबनम गुरुङ, युवा उपाध्यक्षमा बिजय परियार, महासचिवमा सन्देश के सी, उपमहासचिवमा राम प्रसाद भण्डारी, सचिवमा ममता श्रेष्ठ र भुवन झा, कोषाध्यक्षमा निरज श्रेष्ठ, सहकोषाध्यक्षमा सुबास तिम्सिना, युवा संयोजकमा गुनाखर चापागाईं (बिबेक), महिला संयोजकमा धनु तामाङ निर्वाचित भएका छन् ।

त्यसैगरी कार्यसमिति सदस्यहरुमा दिपेश गुरुङ, हरि प्रसाद पौडेल, कृष्ण भण्डारी, दामोदर लामिछाने, अनिल राना र प्रकाश तिमिल्सिना निर्वाचित भएका छन् ।

त्यसैगरी माल्टाबाट आइसीसी सदस्यमा भुवन अर्याल, नवीन गिरि र गोबिन्द खरेल निर्वाचित भएका छन् ।

एनआरएनए माल्टाको निर्वाचनमा कूल २९ सय मत खसेको थियो । उक्त मतमा आइसीसी सदस्यमा विजयी भुवन अर्यालले सबैभन्दा बढी लोकप्रिय मत प्राप्त गरेका छन् । उनले कूल खसेको २९ सय ३४ मतमा १८८६ मत प्राप्त गरेका थिए । त्यस्तै अर्का आइसीसी सदस्य नविन गिरीले १४१७ र गोविन्द खरेलले १४१७ मत प्राप्त गरेर आइसीसी सदस्यमा विजयी भएका थिए ।

 

 

वि.सं.२०८० साउन १७ बुधवार १३:४९ मा प्रकाशित

दूधको भुक्तानी अवधि घटाइउने कृषि मन्त्रीको प्रतिबद्धता

दूधको भुक्तानी अवधि घटाइउने कृषि मन्त्रीको प्रतिबद्धता

काठमाडौँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले किसानबाट खरिद...

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

नेपाललाई इयूको उडान सुरक्षा सूचीबाट हटाउन सरकारको दृढता

काठमाडौँ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले नेपाललाई...

स्कारपियो दुर्घटनाकी घाइते लक्ष्मी बडुको मृत्यु, ५ घाइतेको उपचार हुँदै

स्कारपियो दुर्घटनाकी घाइते लक्ष्मी बडुको मृत्यु, ५ घाइतेको उपचार हुँदै

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६, जुरीखेतमा उच्च अदालत जनकपुर, अस्थायी...

पेसा फेरियो, दलन फेरिएन

पेसा फेरियो, दलन फेरिएन

काठमाडौँ । नेपालमा समाजिक विभेदको इतिहास विडम्बनापूर्ण छ । जुन...

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

टिपरको ढालाबाट खसेर एक युवकको मृत्यु

मुस्ताङ । जिल्ला मुस्ताङ घरपझोङ गाउँपालिका- ४ पुच्छर ढोङमा टिपरबाट...